सुरक्षा अधिकारी बीच आपतकालीन बैठक , स्थिति सामान्य नभए पुनः वीरगञ्जमा कर्फ्यू : JCNEPAL MEDIA

बैशाख ०३,२०८१ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : शनिबार हनुमान जन्मोत्सवको शोभायात्राका क्रममा भएको झडपपछि सामान्य बन्दै गएको वीरगञ्जको स्थिति मंगलबार साँझ पुनः तनावग्रस्त बनेको छ। झडपमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जना हिन्दु युवालाई नियन्त्रणमा लिएपछि हिन्दुवादी संघसंस्थाहरूले उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन सुरु गरेका हुन्।

प्रदर्शनका क्रममा प्रहरीले धर्ना हटाउने प्रयास गर्दा स्थिति थप जटिल बनेको हो। मंगलबार साँझ साढे ७ बजे हिन्दुवादी अगुवाहरू जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका थिए। धर्ना हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकार अर्जुन गुप्ताको टाउकोमा चोट लागी गम्भीर घाइते भएका छन् भने अर्का पत्रकार अनिल मिश्र पनि घाइते भएका छन्।

दुवै जनाको हाल नारायणी अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे थप जानकारी लिन जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रासँग सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन स्विच अफ रहेको र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश रेगमीको फोनसमेत नउठेको हो।

प्रहरी श्रोतका अनुसार मंगलबार राति सुरक्षा अधिकारीहरूबीच आपतकालीन बैठक चलिरहेको छ। स्थिति बुधबारको विहानसम्म पनि सामान्य नभए पुनः वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिने तयारी रहेको जनाइएको छ।

प्रकाशित : बैशाख ०३,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA