एक भारतीय विद्यार्थीको गोली हानी हत्या : क्यानडा JCNEPAL MEDIA

बैशाख ०६,२०८१ / जेसी नेपाल संवाददाता

टोरन्टो : क्यानडामा गोली लागी एकजना भारतीय विद्यार्थीको मृत्यु भएको छ। उक्त घटनाको विषयमा टोरन्टोस्थित भारतीय महावाणिज्य दूतावासले प्रतिक्रिया जनाएको छ।

हामी ओन्टारियोको ह्यामिल्टनमा भारतीय विद्यार्थी हरसिमरत रन्धावाको मृत्युबाट धेरै दुखी छौं । कन्सुलेट जनरलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्। स्थानीय प्रहरीका अनुसार उनी निर्दोष व्यक्ति भएको दूतावासले उल्लेख गरेको छ। उनलाई दुई सवारी साधन बीचको गोली हानाहानको क्रममा गोली लागेको थियो। दूतावासले भन्यो, हामी उनको परिवारसँग सम्पर्कमा छौं र उनीहरूलाई आवश्यक सबै सहयोग प्रदान गर्दैछौं।

यस कठिन समयमा हाम्रो समवेदना र प्रार्थना शोकसन्तप्त परिवारसँग छ। ह्यामिल्टन प्रहरीले पनि एक विज्ञप्ति जारी गर्दै यस विषयमा अनुसन्धान जारी रहेको बताएको छ।

प्रकाशित : बैशाख ६,२०८१                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA