१३ वर्षीया बालिकामाथि घरबेटीबाट बलात्कारकाे प्रयास ,आरोपित प्रहरीको नियन्त्रणमा : सुनसरी JCNEPAL MEDIA

बैशाख ०६,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : सुनसरीको बराहक्षेत्र–७ स्थित ढिकझोरामा १३ वर्षीया बालिकालाई जबरजस्ती गर्न खोज्ने घरबेटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

रातको १२ बजे मादक पदार्थ सेवन गरी बालिकाको कोठा खोल्न लगाई जबरजस्तीको प्रयास गरेका आरोपित घरबेटीलाई पीडित बालिकाको परिवारको जाहेरीका आधारमा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । स्थानीय विद्यालयमा कक्षा–५ पास गरी कक्षा–६ मा प्रवेश गरेकी बालिकालाई आरोपितले घरेलु कामदारका रुपमा काम गराउँदै आएको स्थानीयले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी युवराज खतिवडाका अनुसार आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । बलात्कार भएको पुष्टि भएको छैन, मिसबिहेब भन्ने आएको छ, अनुसन्धान गरी पीडकलाई कानूनअनुसार कारबाही हुन्छ ।’ डिएसपी खतिवडाले भने ।  

प्रकाशित : बैशाख ६,२०८१                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA