सिंहदरबारभित्र प्रदर्शन गरेपछि लिङ्देन र शाही प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

बैशाख ०७,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदहरूले सिंहदरबारभित्र प्रदर्शन गरेका छन्। सिंहदरवारस्थित पार्टीको संसदीय दलको कार्यालयमा छलफल पछि बाहिरिने क्रममा उनीहरूले विभिन्न नारा लेखिएको पम्प्लेट प्रदर्शन गरेका थिए।

निषेधित क्षेत्र तोड्ने लक्ष्यसहित सडकमा कार्यकर्ताहरूले प्रदर्शन जारी गरिरहेका बेला सांसदहरूले भने सिंहदरबारभित्र प्रदर्शनमा उत्रिएका हुन्। सोही क्रममा राप्रपा सांसदहरूको पम्प्लेट प्रहरीले खोसेका थिए। यद्यपि उनीहरूका गतिविधि शंकास्पद देखिन थालेपछि प्रहरीले भ्यानमा राखेर बाहिर ल्याएको छ। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन,प्रमुख सचेतक ज्ञानेन्द्र शाही र उपाध्यक्ष एवं उपनेता बुद्धिमान तामाङलाई सिंहदरबारभित्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका दुवैजनालाई काठमाडौं प्रहरी परिसरमा लगिएको प्रहरीले जानकारी दिएको छ। राप्रपाको आज निषेधित क्षेत्र तोड्ने योजनाका साथै प्रदर्शनसँगै गिरफ्तारी दिने तयारी थियो। प्रहरीले उनीहरूले सिंहदरबार भित्रै प्रदर्शन गर्नसक्ने भन्दै निगरानीमा राखेको थियो।

प्रकाशित : बैशाख ०७,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA