मन्त्रिपरिषदकाे बैठकमा आन्दोलनरत शिक्षकलक्षित सातबुँदे प्रस्ताव लगिएन : JCNEPAL MEDIA

बैशाख ०९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले काठमाडौंमा २० दिनदेखि जारी शिक्षक आन्दोलन रोक्नेबारे कुनै निर्णय गरेको छैन।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा शिक्षक आन्दोलनलाई लक्षित गरेर तयार पारिएका सात बुँदाले पनि प्रवेश नपाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले बताए। शिक्षामन्त्रीको राजीनामापछि उक्त बुँदाहरू मन्त्रिपरिषद्को बैठकमा नपुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सिलवालले बताए।

आज विद्यालय विधेयकबारे छलफल मात्रै भयो, ती सातवटा बुँदा पेस भएनन्, सञ्चारमन्त्रीज्यूले पनि बैठकपछि केही बोल्नुभएन : उनले भने। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा के गर्नेबारे निर्णय गर्न भोलि बिहान ८ बजे बैठक बोलाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले १२ कक्षाको परीक्षाका सम्बन्धमा देखिएका समस्याबारे मंगलबार बिहान बोर्ड बैठक राखिएको बताए।

बोर्डले एक्लै परीक्षा सञ्चालन गर्न सक्दैन, यसबारेमा छलफलको लागि भोलि बोर्ड बैठक राखिएको छ, त्यसमा शिक्षा सचिवलगायतको सहभागिता रहन्छ : उनले भने । परीक्षा चलाउन सक्ने वा नसक्ने निर्णय त्यही बैठकमा हुन्छ।

प्रकाशित : बैशाख ०९,२०८१                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

लापरबाहीका कारण गर्भवती महिला र शिशुको मृत्यु भएको आरोप : JCNEPAL MEDIA

खुल्यो नारायणगढ–मुग्लिन सडक : चितवन JCNEPAL MEDIA

भारतमा अभिनेता थलापति विजयको र्‍यालीमा भएको भागदौडमा ३६ जनाको मृत्यु : JCNEPAL MEDIA

जनप्रतिनिधिहरु बीचको आपसी विबाद र बजेट भागबन्डामा कुरा नमिल्दा औरही गाउँसभा अन्याेलमा: धनुषा JCNEPAL MEDIA

प्रम कार्की आयोगले जेनजी आन्दोलनबारे छानबिनको काम थाल्यो : JCNEPAL MEDIA