मन्त्रिपरिषदकाे बैठकमा आन्दोलनरत शिक्षकलक्षित सातबुँदे प्रस्ताव लगिएन : JCNEPAL MEDIA

बैशाख ०९,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : मन्त्रिपरिषद्को बैठकले काठमाडौंमा २० दिनदेखि जारी शिक्षक आन्दोलन रोक्नेबारे कुनै निर्णय गरेको छैन।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा शिक्षक आन्दोलनलाई लक्षित गरेर तयार पारिएका सात बुँदाले पनि प्रवेश नपाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रकाश सिलवालले बताए। शिक्षामन्त्रीको राजीनामापछि उक्त बुँदाहरू मन्त्रिपरिषद्को बैठकमा नपुगेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सिलवालले बताए।

आज विद्यालय विधेयकबारे छलफल मात्रै भयो, ती सातवटा बुँदा पेस भएनन्, सञ्चारमन्त्रीज्यूले पनि बैठकपछि केही बोल्नुभएन : उनले भने। राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा के गर्नेबारे निर्णय गर्न भोलि बिहान ८ बजे बैठक बोलाएको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माले १२ कक्षाको परीक्षाका सम्बन्धमा देखिएका समस्याबारे मंगलबार बिहान बोर्ड बैठक राखिएको बताए।

बोर्डले एक्लै परीक्षा सञ्चालन गर्न सक्दैन, यसबारेमा छलफलको लागि भोलि बोर्ड बैठक राखिएको छ, त्यसमा शिक्षा सचिवलगायतको सहभागिता रहन्छ : उनले भने । परीक्षा चलाउन सक्ने वा नसक्ने निर्णय त्यही बैठकमा हुन्छ।

प्रकाशित : बैशाख ०९,२०८१                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA