भन्सार छलेर ल्याएको ५ लाखभन्दा बढीको सामान बरामद : JCNEPAL MEDIA

बैशाख १०,२०८१ / जेसी नेपाल संवाददाता

झापा : प्रहरीले झापाबाट अवैध सामान बरामद गरेको छ । इलामबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्राइएको ५ लाखभन्दा बढीको अवैध सामान प्रहरीले झापाको बुद्धशान्तिबाट बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बुधबारेले मंगलबार साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका–४ पर्ने चिया बगानस्थित मेची राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ५ लाख ३४ हजार ७४५ बराबरको विभिन्न कस्मेटिक सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–००१ ज ३४४९ नम्बरको यात्रुवाहक बोलेरो गाडीलाई चेकजाँच गर्दा बिलबिनाको सो अवैध सामान बरामद गरी इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ । सामानको धनी भने खुलेको छैन । बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित : बैशाख १०,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA