भन्सार छलेर ल्याएको ५ लाखभन्दा बढीको सामान बरामद : JCNEPAL MEDIA

बैशाख १०,२०८१ / जेसी नेपाल संवाददाता

झापा : प्रहरीले झापाबाट अवैध सामान बरामद गरेको छ । इलामबाट अवैध रूपमा भन्सार छलेर नेपाल भित्राइएको ५ लाखभन्दा बढीको अवैध सामान प्रहरीले झापाको बुद्धशान्तिबाट बरामद गरेको हो ।

इलाका प्रहरी कार्यालय बुधबारेले मंगलबार साँझ अन्दाजी ७ः३० बजे बुद्धशान्ति गाउँपालिका–४ पर्ने चिया बगानस्थित मेची राजमार्गमा सवारीसाधन चेकजाँच गर्ने क्रममा ५ लाख ३४ हजार ७४५ बराबरको विभिन्न कस्मेटिक सामानहरू बरामद गरेको प्रहरीले जनाएको छ ।

ताप्लेजुङबाट बिर्तामोडतर्फ आउँदै गरेको प्र १–०१–००१ ज ३४४९ नम्बरको यात्रुवाहक बोलेरो गाडीलाई चेकजाँच गर्दा बिलबिनाको सो अवैध सामान बरामद गरी इलाका प्रहरी कार्यालय बुधबारेमा राखिएको छ । सामानको धनी भने खुलेको छैन । बरामद गरिएको सामान मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ ।

प्रकाशित : बैशाख १०,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA