आईजीपी थापाद्वारा निर्मम निर्देशन, भिडियोमा देखिएका ४ ट्राफिकको जिम्मेवारी खोसियो : JCNEPAL MEDIA

बैशाख ११,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाल प्रहरीको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाएको छ ।

ट्राफिक कार्यालयका प्रवक्ता प्रहरी उरीक्षक दीपक गिरीद्वारा बिहीबार जारी विज्ञप्तिअनुसार २०८१ मंसिर २३ गते सुन्धाराको आकाशे पुलमुनि भएको कुटपिटको घटनामा संलग्न ४ ट्राफिक प्रहरीको जिम्मेवारी खोसिएको जनाएका छन् । नेपाल प्रहरीका आईजीपी दीपक थापाले घटनाको जानकारी हुनेवित्तिकै मातहतलाई निर्देशन दिएर घटनाको छानविन र दोषीलाई कानूनी कारबाही गर्न निर्देशन दिइसकेका छन् । ती चार जना ट्राफिक प्रहरीको जिम्मेवारी खोसेर अनुसन्धानमा राखिएको छ ।

२०८२ वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यमहरूमा ट्राफिक प्रहरीद्वारा एकजना पुरुष व्यक्तिमाथि तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ । ‘प्रारम्भीक अनुसन्धानअनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकाशे पुलमुनि भएको र उक्त कार्यमा संलग्न देखिएका ४ जना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानविन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडयोमा चार जना ट्राफिक प्रहरीले एकजना मोटरसाइकल चालकलाई कुटपिट गर्नुका साथै भुइँमा लडाएर लात्तीले हानेर निर्धात कुट गरेका छन् । मोटरसाइकल चालक भुइँमा लडेर उठ्न नसकेको देखिएको छ ।

 

प्रकाशित : बैशाख ११,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA