वासदेवपट्टिकाे जहर काण्डमा नयाँ माेड मृतकको शरिरमा घाउ, श्रीमानले जहर खुवाएर चारैलाई मारेको आशंका JCNEPAL MEDIA

बैशाख १२,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : गत बैशाख ९ गते मँगलबार धनुषामा भएको जहर काण्डमा श्रीमानलेनै जहर खुवाएर आफ्ना सन्तान तथा श्रीमतिलाई मारेको आशंका बढेको छ । सोमबार राती धनुषाको शहिदनगर नगरपालिका वडा नम्बर ५ पचहर्वा बासुदेवपट्टिस्थित आमाले तीन सन्तानलाई विष खुवाएर मारेको घटनामा नयाँ मोड आएको छ ।

अस्पतालमा विष खाएर गम्भिर घाईते भएकी आमाको शरिरमा धारिलो हतियारले हानेको घाउ भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ । बासुदेवपट्टि बस्ने स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी कृति साह र २ वर्षीया प्रिति साहको विषको कारण मृत्यू भएको थियो । सोही विष उनकी श्रीमति बबिताले खाएपछि गम्भिर घाईते भई जनकपुरको रामजानकी अस्पतालमा भर्ना भएकी थिइन् । शुक्रबार उनको मृत्यू भएको छ । उनको मृत्यू भएपछि पोष्टमार्टमको लागि लिएर जाँदै गर्दा शरिरको पछाडी भागमा धारिलो हतियार प्रहार भएको घाउ भेटिएको हो ।

उनको अवस्था गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार भईरहेको थियो । उनको आजै दिउँसो मृत्यू भएको हो । प्रारम्भिक जानकारी अनुसार घरमै आमाले तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि आत्महत्याको उद्देश्यले विष खाएको बताइएपनि बबिताको शरिरमा देखिएको घाउपछि उनलाई विष खुवाएर श्रीमानले नै मारेको शंका उब्जेको छ । अहिले बबिताका श्रीमान र उनका ससुरापक्ष सबै जना फरार रहेका छन् ।

आमाले आफ्नै तीन छोराछोरीलाई खुवाइन जहर, तीनैको मृत्यू, आमा गम्भिर ! गर्भवती रहेकी बविताको पेटमा रहेको ९ महिनाको बच्चालाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ । बच्चा पनि अहिले आईसीयूमा राखेर उपचार भईरहेको छ । यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय धनुषाले मुद्दा दर्ता गर्न मानेका छैनन् । बबिताका माईत पक्षले भने छोरी र नातीहरुलाई जबरदस्ती विष खुवाएर मारेको आरोप लगाएका छन् ।

प्रकाशित : बैशाख १२,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जुवाको खालबाट ९ जना पक्राउ : काठमाडौं JCNEPAL MEDIA

जिल्ला अदालत धनुषाले जारी गर्‍यो सात जनामाथि पक्राउ पुर्जी : JCNEPAL MEDIA

मधेशमा लोसपाका जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउने पाँच दलकाे सहमति : JCNEPAL MEDIA

धनुषाको ठाढीबाट खैइराे हिराेइनसहित सर्लाहीका एक युवक पक्राउ : JCNEPAL MEDIA

अनेरास्ववियुपछि बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दिए जाहेरी

दलित समुदायबाट विक पहिलोपटक प्रहरीको विशिष्ट श्रेणीमा : JCNEPAL MEDIA