मोटरसाईकल दाईजो नदिएपछि नवविवाहित ज्योतीको हत्या, श्रीमान पक्राउ : जनकपुर JCNEPAL MEDIA

बैशाख २२,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मोटरसाईकल दाईजो नदिएपछि नवविवाहित ज्योतीको हत्या भएका छन । दाईजोमा स्वीकार गरिएको मोटरसाईकल समयमा नदिएपछि युवतिलाई हत्या गरिदिएको परिवारजनले आरोप लगाएका छन् ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ६ रतौली बस्ने स्थानीय लक्ष्मी साहकी १८ बर्षिय छोरी ज्योती साहको हत्या गरिएको आरोप परिवारजनले लगाएका छन् । करिब ७ महिना अगाडी जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १३ पीडारी बस्ने स्थानीय रामहरी साहको २१ बर्षिय छोरा किसान साहले दाईजोमा मोटरसाईकल नदिएपछि हत्या गरेको बताएको छ ।

विवाहको बेला ससुरा पक्षले मोटरसाईकल दिन्छु भनी स्वीकार गरेको तर ७ महिना बित्दा पनि मोटरसाईकल नदिएको भन्दै मारेर झुण्डयाइदिएको आरोप माईती पक्षले लगाएको छ । गत सोमबार मात्र माईतबाट ससुरा आएकी ज्योती साह जनकपुरको प्रादेशिक अस्पतालमा मृत भेटिइन् । उनलाई घरमै मारेर झुण्डयाएको आरोप परिवारजनले लगाएको छ । प्रहरीले तत्कालै उनका श्रीमान किसन साहलाई पक्राउ गरेको छ । उनको सासुलाई समेत पक्राउ गरिएपनि वडाध्यक्षले जमानत बसेपछि उनलाई छाडिएको बताईएको छ ।

परिवारजनले दिएको जानकारी अनुसार, ज्योतिको पेटमा ३ महिनाको गर्भ थियो । लासको प्रकृति हेर्दा उनको कनचटमा जोडले हानिएको छ । हात समेत भाँचिएको देखिएको छ । आफ्नै घरमा झुण्डिएको अवस्थामा प्रहरीले फेला पारेको थियो । शव पोष्टमार्टमको लागि जनकपुर ल्याएपछि मात्र ज्योतिको परिवारलाई खवर गरिएको बताईएको छ । माईती पक्षले दाईजोको मोटरसाईकलको लागि अहिले रकम नभएको तथा दुई बर्षपछि मोटरसाईकल दिने वाचा गरेको थियो । यो बीचमै किसनले उनलाई मारेको आरोप लगाएको छ ।

यद्यपी, धनुषा प्रहरीले यसबारे केही जानकारी दिएको छैनन् । माईत पक्षले यस्ता आरोपहरु लगाएपनि ससुरा पक्षबाट कोही सम्पर्कमा आउन चाहेनन् । घटना बारे यथार्थ बुझ्न खोज्दा जिल्ला प्रहरीले सम्पर्कमा आउन चाहेनन् ।

प्रकाशित : बैशाख २२,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

परराष्ट्र मन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता : JCNEPALMEDIA

मधेस प्रदेशका अर्थमन्त्रीले वाचन गरेको बजेट र मन्त्रालयगत बजेटमा ८ अर्ब भन्दा बढीको फरक : JCNEPALMEDIA

सिंहदरबारमा अब छड्के सचिव, सचिव र सह–सचिव असन्तुष्ट : JCNEPALMEDIA

हवाई फायर गरेर ठूलो परिमाणमा लागूऔषधसहित तीन जना पक्राउ : JCNEPALMEDIA

कसमिरमा सेनाले गाेलि चलायाे ,४६ जनाकाे मृत्यु : JCNEPALMEDIA

चोरीको मुद्दामा पक्राउ परेका युवकको प्रहरी हिरासतमा मृत्यु : JCNEPALMEDIA