एमाले धनुषाको अधिबेशनमा विवाद, निर्वाचन प्रक्रिया हालका लागि स्थगित : JCNEPAL MEDIA

बैशाख २३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ८औं धनुषा जिल्ला अधिवेशन अन्तर्गत आज बिहान १० बजेदेखि हुने भनिएको निर्वाचन प्रक्रिया दिउँसो ४ बजेसम्म पनि सुरु हुन सकेको थिएन ।

निर्वाचन सुरु गराउन मतदान स्थलमा उपस्थित नेता तथा कार्यकर्ताहरू नाराबाजी गरिरहेका थिए । विचविचमा झडप भइरहेका थिए । निर्वाचनमा जिल्ला अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मी यादव बीच प्रतिस्पर्धा हुने भनिएको छ ।भने सचिव पदमा धिरेन्द्र मण्डल र दिप नारायण ठाकुर बीच प्रतिस्पर्धा तय भएको छ। जेसी नेपालसँग कुराकानी गर्दै सचिव पदका उम्मेदवार मंडलले निर्वाचन प्रक्रियामा ढिलाइ हुनु लोकतान्त्रिक मूल्य र मान्यताविपरीत भएको बताए।

“निर्वाचन लोकतन्त्रका गहना हुन्। तर हाम्रा प्रतिस्पर्धीहरू पराजयको डरले प्रक्रिया बिथोल्न खोजिरहेका छन्,” उनले आरोप लगाए। मंडलले निर्वाचन प्रक्रिया शान्त, सहज र विधानअनुसार अघि बढाउन निर्वाचन अधिकृतसमक्ष आग्रहसमेत गरिएको जानकारी दिएका छन्। कार्यकर्ताहरू निर्वाचन प्रक्रिया छिटो सुरु गरिनुपर्ने माग गर्दै नाराबाजीमा उत्रिएका थिए ।

विवाद हुदा हालकाे लागि निर्वाचन प्रक्रिया स्थगन गरिएको भएता पनि कहिले सुरु हुने भन्ने बारे अझै आधिकारिक जानकारी आएको छैन।

प्रकाशित : बैशाख २३,२०८१                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA