५० दिनपछि थुनामुक्त भएका मिश्रले भने, राजा फर्काउन काम गरेको हुँ, राज्यविरूद्धको कसूर गरेको होइन : JCNEPAL MEDIA

जेष्ठ ०२,२०८१ / जेसी नेपाल संवाददाता

राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र ५० दिनपछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका छन्। मिश्रले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घटनाको योजना आफूले नगरेको बताए। मिश्रलाई गत चैत्र १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न भएको आरोपमा पक्राउ गरिएको थियो। काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्र थुनामुक्त भएका छन् ।

५० औँ दिनपछि शुक्रबार न्यायाधीशद्वय कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले सुनुवाई गर्दै रिहा गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशपछि रिहा भएका मिश्रले चैत १५ को घटनामा ज्यान गुमाउनेप्रति श्रद्धान्जली व्यक्त गर्दै उक्त घटनाको योजना आफुले नगरेको बताए ।

उनले यस घटनामा राज्य आफविरुद्ध लागेको स्पष्ट भएको उल्लेख गरे । उनले आफुले राजसंस्था पुनर्स्थापनाका लागि काम गरेकै तर संगठित अपराध, राज्यविरुद्धको कसुर र अपराधिक उपद्रवको काम केही नगरेको बताए । गत चैत्र १५ गते काठमाडौंको तीनकुनेमा राजवादीले गरेको हिंसात्मक प्रदर्शनमा संलग्न भएको भन्दै प्रहरीले मिश्रलाई पक्राउ गरेको थियो । मिश्रलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता भएको थियो ।

प्रकाशित : जेष्ठ ०२,२०८१                      ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA