विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

जेष्ठ ०३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : काभ्रेमा विद्युत प्राधिकरणको लापर्वाहीले गर्दा ११ केभी (किलो भोल्ट)को पोलमा चढेर काम गर्दै गरेका एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका १२ घारिबथान बस्ने २८ वर्षीय उपेस परियार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मीनबहादुर घलेले जानकारी दिए।

सामाजिक सञ्जालमा पछ्याउनुहोस् उनकाअनुसार काभ्रेको धुलिखेल नगरपालिका ७ सञ्जिवनी चोकस्थित ११ केभीको हाइटेन्सन लाइनको बिजुलीको पोलमा चढेर तार जोड्न काम गर्दै गर्दा तारमा एक्कासी करेन्ट प्रवाह भएपछि परियारको मृत्यु भएको हो। यो घटना शनिबार दिनको साढे ११ बजे भएको हाे । । करेन्ट लागेर मृत्यु भएपछि परियार पोलमै झुण्डिएका थिए। प्रहरीले परियारलाई निकाली पोष्ट मार्टमका लागि धुलिखेल अस्पताल लगेको छ। परियारले काम गर्दै गरेको लाइन नयाँ लाइन हो।

जुन लाइन आज शनिबार चार्ज (विद्युत छाड्ने) गर्ने तयारी थियो। तर तार जडानको काम नसकिँदै काम भइरहेको समयमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले लाइन छाड्दा परियारको मृत्यु भएको हो। स्थानीयले विद्युत प्राधिकरणको लापर्वाहील गर्दा उनको मृत्यु भएको बताएका छन्। लाइन चार्ज गर्ने भनेको पूर्ण रुपमा काम सकिएपछि मात्र गर्नुपर्ने हुन्छ। तर काम भइरहेको समयमा लाइन चार्ज हुँदा परियारले ज्यान गुमाएका छन्। प्रहरीले यस घटनाका लागि अनुसन्धान गर्न प्रहरी खटाएकाे छ।

प्रकाशित : जेष्ठ ०३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA