विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

जेष्ठ ०३,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : काभ्रेमा विद्युत प्राधिकरणको लापर्वाहीले गर्दा ११ केभी (किलो भोल्ट)को पोलमा चढेर काम गर्दै गरेका एक मजदुरको मृत्यु भएको छ। मृत्यु हुनेमा सर्लाही ईश्वरपुर नगरपालिका १२ घारिबथान बस्ने २८ वर्षीय उपेस परियार रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएसपी मीनबहादुर घलेले जानकारी दिए।

सामाजिक सञ्जालमा पछ्याउनुहोस् उनकाअनुसार काभ्रेको धुलिखेल नगरपालिका ७ सञ्जिवनी चोकस्थित ११ केभीको हाइटेन्सन लाइनको बिजुलीको पोलमा चढेर तार जोड्न काम गर्दै गर्दा तारमा एक्कासी करेन्ट प्रवाह भएपछि परियारको मृत्यु भएको हो। यो घटना शनिबार दिनको साढे ११ बजे भएको हाे । । करेन्ट लागेर मृत्यु भएपछि परियार पोलमै झुण्डिएका थिए। प्रहरीले परियारलाई निकाली पोष्ट मार्टमका लागि धुलिखेल अस्पताल लगेको छ। परियारले काम गर्दै गरेको लाइन नयाँ लाइन हो।

जुन लाइन आज शनिबार चार्ज (विद्युत छाड्ने) गर्ने तयारी थियो। तर तार जडानको काम नसकिँदै काम भइरहेको समयमा विद्युत प्राधिकरण काभ्रे वितरण केन्द्रले लाइन छाड्दा परियारको मृत्यु भएको हो। स्थानीयले विद्युत प्राधिकरणको लापर्वाहील गर्दा उनको मृत्यु भएको बताएका छन्। लाइन चार्ज गर्ने भनेको पूर्ण रुपमा काम सकिएपछि मात्र गर्नुपर्ने हुन्छ। तर काम भइरहेको समयमा लाइन चार्ज हुँदा परियारले ज्यान गुमाएका छन्। प्रहरीले यस घटनाका लागि अनुसन्धान गर्न प्रहरी खटाएकाे छ।

प्रकाशित : जेष्ठ ०३,२०८१                   ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बृहत्तर क्षेत्रका अध्यक्ष शीतल साहविरुद्ध पक्राउ पुर्जी जारी : जनकपुर JCNEPAL MEDIA

सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

विद्युत प्राधिकरणको लापर्वाहीले करेन्ट लागेर ११ केभीमा काम गर्दै गरेका मदजुरको मृत्यु : काभ्रे JCNEPAL MEDIA

टेरामक्स प्रकरणमा ३ अर्ब २१ करोड बढी भ्रष्टाचार, पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध मुद्दा दायर : JCNEPAL MEDIA

पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द : JCNEPAL MEDIA

१३६ पालिकामा स्वास्थ्य सामग्री खरिद गर्दा ५२ करोड भ्रष्टाचार : मधेश प्रदेश JCNEPAL MEDIA