सर्लाहीकाे मलंगवामा भन्सार गाडीमाथि महिला तस्करको आक्रमण :JCNEPAL MEDIA

जेष्ठ ११,२०८२ / जेसी नेपाल संवाददाता

सर्लाहीस्मा महिला तस्करले भन्सारको गाडीमाथि आक्रमण गरेको बुझिएको छ । सीमावर्ती क्षेत्रबाट तस्करी कार्य बढेको व्यापक जनगुनासो आएपछि मलंगवा भन्सार कार्यालयबाट त्रिभुवन नगर क्षेत्रमा खटिएका भन्सार गस्ती टोलीको पिकअप माथि शुक्रवार अपरान्ह् आक्रमण गरेको जनाइएको छ । जेनतेन पिकअप कुदाएर भाग्न सफल भएको भन्सार कार्यालय श्रोतबाट बुझिएको छ ।

मलंगवा भन्सार कार्यालयका पिकअप माथि ढुंगामुढा गराउने तस्करहरुको अहिले उक्त क्षेत्रमा ठूलो साम्राज्य रहेको हुँदा बा. १ झ. ८६२६ नम्वरको गाडी माथि महिलाहरुले ढुंगामुढा गर्दा गाडीको सिसा फुटेको छ । भन्सारको गस्ती टोलीले महिलाहरु भारतबाट ल्याइरहेका डिउ, स्प्राइट, कोकाकोला, स्ट्रींग, रेडबुल सहितका जुसका बोटलहरु नियन्त्रणमा लिएपछि उनीहरु भन्सारको गाडी माथि जाइलागेका थिए । सर्लाहीमा यस्ता गतिविधि हुनु अहिले सामान्य बन्दै गएको छ । हरेक स्थानमा सेटिंगमै तस्करी कार्य फस्टाउदै गएको कारण भन्सार कार्यालयको राजस्वलाई समेत प्रभावित पारेका छन् ।

यस विषयमा मलंगवा भन्सार कार्यालयका प्रमुख ठाकुर आचार्यले सीमानाकामा गस्ती अनुगमनको क्रममा शुक्रवार अपरान्ह् तस्करी कार्यमा महिला तथा बालबालिकाहरुलाई प्रयोग गराएर ल्याउदै गरेका सामानहरु खोस्ने क्रममा उनीहरुले हाम्रा टोली माथि आक्रमण गरेको स्वीकारे । महिलाहरुले हानेको ढुंगा प्रहारबाट भन्सारको गाडीमा क्षति भएको बताए । मानिस पहिचान भईसकेको हुँदा प्रहरीसंग समात्न अनुरोध गरेका छौं, मुद्दा दर्ता गरेर समातिने प्रक्रियामा अघि बढ्ने उनले स्पष्ट पारे । एक प्रश्नको जवाफमा भन्सार प्रमुख आचार्यले सीमानाकाबाट हुने चुहावटको कारण लक्ष्य अनुसारको राजस्व उठाउन अलि गाह्रो रहेको बताउदै हामी लक्ष्य अनुसारको राजस्व संकलन गर्न हरेक किसिमका उपायहरु अवलम्बन गर्दै आइरहेका छौं तैपनि सफलता पाउन नसकेको बताए ।

भन्सार कार्यालयको गाडी माथि भएको तोडफोडको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मलंगवाका प्रवक्ता एवं डिएसपी सरोज राईले भन्सार कार्यालयको गाडी माथि आक्रमण गर्नेहरुको खोजी कार्य भईरहेको बताएपनि भन्सार कार्यालयले अहिले सम्म लिखित जानकारी नगराएको उहाँको भनाई छ ।

प्रकाशित : जेष्ठ ११,२०८२                     ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA