जनकपुरको राराब कलेजमा तनाव, पूर्व सभापति यादव पक्राउ, विद्यार्थीहरू आन्दोलनमा : JCNEPAL MEDIA

असार ६,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जनकपुरधामको रामसागर रामस्वरूप बहुमुखी (राराब) क्याम्पसमा परीक्षाको प्रवेशपत्र वितरणमा ढिलाइ गरिएपछि उत्पन्न विवादले उग्र रूप लिएको छ । विवादले उग्ररुप लिएपछि स्ववियु सभापति मनिष यादव र नेता चमनप्रसाद गोइतलाई प्रहरीले पक्राउ गरेको छ ।

बीबीएस तेस्रो वर्षका विद्यार्थीहरूलाई समयमै प्रवेशपत्र नदिइएको भन्दै विद्यार्थीहरूले क्याम्पस प्रमुख वसन्त कर्णसँग तीव्र असन्तोष व्यक्त गरेका थिए । स्थिति नियन्त्रणमा लिन प्रहरी पुग्दा विद्यार्थी नेताहरूसँग झडप भएको थियो । धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहका अनुसार, प्रहरीले विवाद साम्य पार्न खोज्दा विद्यार्थी नेताहरूले अभद्र व्यवहार गरेपछि पक्राउ गर्नुपरेको हो ।

पक्राउको विरोधमा विद्यार्थीहरूले क्याम्पस चोकमा सडक अवरुद्ध गर्दै प्रदर्शन गरे भने जिल्ला प्रशासन कार्यालय अगाडी विद्यार्थीहरु प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले पक्राउ परेका विद्यार्थी नेताहरूको तत्काल रिहाइको माग गरेका छन् । यता क्याम्पस प्रमुख वसन्त कर्णले प्रवेशपत्र काठमाडौंबाटै आउन ढिलाई भएकाले प्रवेशपत्र बाँड्न अबेर भएको प्रतिक्रिया दिएका छन् ।

बीबीएस तेस्रो वर्षमा राराबमा १ हजार २ सय विद्यार्थी परीक्षामा शामिल हुने तयारीमा छन् । बीबीएस तेस्रो वर्षको परीक्षा अन्तर्गत पहिलो दिन आज 'बिजनेश ल' को परीक्षा सम्पन्न भएको छ ।

प्रकाशित : असार ६,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

मुस्ताङमा भन्सार छलेर ल्याइएका ८ कन्टेनर प्रहरीको फन्दामा : JCNEPALMEDIA

देशभरका प्रहरी हिरासतमा सीसीटिभी क्यामेरा अनिवार्य गर्न माग गरिएको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश : JCNEPALMEDIA

२२४ यात्रु बोकेर उडिरहेको इन्डिगो विमानको इन्जिन आकाशमै फेल, मच्चियो हंगामा : JCNEPALMEDIA

सिंहदरबारमा प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता : JCNEPALMEDIA

कप्तानगन्ज हिंसात्मक घटनामा प्रहरीले अनुसन्धान तीव्रगतिमा गर्दै : JCNEPALMEDIA

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ : JCNEPALMEDIA