धनुषाधाम नगरपालिकाका वडाध्यक्षले सडक मिचे , सडक खनेर ग्राभेल विक्री : JCNEPAL MEDIA

असार ८,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको धनुषाधाम नगरपालिकाका जनप्रतिनीधिले सडक मिचेको भन्दा पत्यार नलाग्न सक्ला, तर एक वडाध्यक्षले सडक नै मिचेको छ ।

धनुषाधाम वडा नम्बर ३ का वडाध्यक्ष जय नारायण यादवमाथि सार्वजनिक बाटो अतिक्रमण गरी त्यसमा प्रयोग भएको ग्राभेल अन्यत्र लगेको गम्भीर आरोप लागेको छ। स्थानीयवासीका अनुसार धनुषाधाम देखि रघुनाथपुर जाने यो बाटो सरकारी नक्सा अनुसार २२ फिट चौडाइको रहेको र सडक डिभिजन कार्यालयले केही समयअघि ग्राभेल गरिसकेको थियो। तर अहिले वडाध्यक्ष यादवले अवैध रूपमा १० फिट बाटो मात्र छोडेर बाँकी सडक खनेर ग्राभेल अन्यत्र लैजाँदैछन्। स्थानीयवासीहरू भन्छन्, हामीले स्पष्ट देखेका छौं कि बाँकी ग्राभेल हटाएर कहाँ लैजाँदैछन् भन्ने जानकारी कसैलाई छैन।

यो वडा अध्यक्ष यादवले खुला ढंगले सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण र भ्रष्टाचार हो। यस घटनासँग सम्बन्धित प्रतिक्रिया दिंदै नगर प्रमुख बालेश्वर मण्डलमाथि पनि मौन समर्थनको आरोप लागेको छ। नेकपा माओवादी केन्द्रका तर्फबाट धनुषाधाम नगरपालिकाका मेयर प्रतियासी दिपक यादवले भने, यदि नगर प्रमुखको संलग्नता छैन भने किन उनले यस्तो गम्भीर विषयमा कुनै चासो देखाएका छैनन् ? यो मौनता समर्थनको सङ्केत हो। धनुषाधामलाई धार्मिक नगरीको रूपमा चिनिन्छ।

यहाँको सामाजिक, सांस्कृतिक र धार्मिक महत्वलाई दृष्टिगत गर्दै विकास, संरक्षण र जनसेवामा जनप्रतिनिधिहरूले भूमिका खेल्नुपर्ने अपेक्षा हुन्छ। तर स्थानीयवासीहरूको भनाइ अनुसार यहाँका जनप्रतिनिधिहरू व्यापारीहरुलाई सेवा सुबिधा दिनुको सट्टा सार्वजनिक सम्पत्तिमाथि आँखा लगाउने, नागरिकलाई असहज बनाउने प्रवृत्तिले हामी निराश भएका छौं। उक्त घटनाको रिपोर्टिङका लागि ग्राउन्ड रिपोर्टिङ गर्न गएकी सँचारकर्मी चान्दनी झालाई वडाध्यक्ष जय नारायण यादवले खुलेआम धाकधम्की दिएको आरोप समेत लागेको छ।

यो घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठाएको छ। स्थानिय स्तरका जनप्रतिनिधिबाटै यस्तो कार्य हुनु निन्दनीय छ। सार्वजनिक सम्पत्तिको संरक्षण गर्नुको सट्टा त्यसैमा अनियमितता र दमन गर्नु लोकतान्त्रिक मूल्यविपरीतको कार्य हो।

प्रकाशित : असार ८,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरूले प्रदर्शन गर्दै गुठीको माँगे लालपूर्जा : JCNEPAL MEDIA

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA