भारतबाट ई-रिक्सामा लागु औषध ल्याउँदै गरेका चालक पक्राउ : राैतहट JCNEPAL MEDIA

असार ११,२०८१ / जेसी नेपाल संवाददाता

रौतहट प्रहरीले लागु औषध ओसारपसारमा संलग्न एक ई-रिक्सा चालकलाई पक्राउ गरेको छ। भारतबाट लागु औषध खरिद गरी ल्याउँदै गर्दा गौर नगरपालिका-३ मा चालक पक्राउ परे। पक्राउ परेका व्यक्ति चन्द्रपुर नगरपालिका-४ का २७ वर्षीय अजय बिक हुन्, र उनीबाट लागु औषध बरामद गरियो। रौतहट सीमावर्ती भारतीय बजारबाट लागु औषध खरिद गरी ई-रिक्सामा लुकाएर नेपाल ल्याउँदै गरेका चालकलाई रौतहट प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–३ स्थित बी.पी. चौकमा शङ्का लागि जाँच गर्दा लागु औषध लुकाएर ल्याउँदै गरेको अवस्थामा ना १ ह ७८९३ नम्बरको ई–रिक्सा चालक चन्द्रपुर नगरपालिका–४ निवासी २७ वर्षीय अजय बिकलाई नियन्त्रणमा लिएको हो। उक्त नम्बरको ई–रिक्सा चलाएर आएका बिकको साथबाट फेनारगन ११० पिस, डाइजापाम ४७ पिस, बुप्रेनर्फिन ११० पिस र कोरेक्स ६३ पिस लागु औषध बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी दीपक कुमार रायले बुधवार बिहान जानकारी दिए ।

बिकलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा राखी थप अनुसन्धान जारी रहेको उनले बताए । पक्राउ गरिएको स्थान बी.पी. चौक जिल्ला प्रहरी कार्यालयबाट करिब १ किलोमिटर पश्चिम उत्तरतर्फ पर्छ।

प्रकाशित : असार ११,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA