ठूलो परिमाणमा ब्राउनसुगरसहित झापाबाट ४ कारोबारी पक्राउ : JCNEPAL MEDIA

असार १२,२०८२ / जेसी नेपाल संवाददाता

झापा- निजी सवारीसाधन प्रयोग गरी भारतबाट लागुऔषध ओसारपसार गर्ने चार जना कारोबारीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ।

बुधबार दिउँसो २ बजे वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी निरीक्षक लोककृष्ण दाहालको टोलीले गोप्य सूचनाका आधारमा भद्रपुर नगरपालिका वडा नं. ७, आनी मार्गमा बा.प्र. ०१-०२५च ०८७७ नम्बरको हुन्डाई क्रेटा कारलाई रोकी चेकजाँच गर्दा २०० ग्राम ३९० मिलिग्राम ब्राउनसुगर फेला पारेको थियो। लागुऔषधसहित नुवाकोट बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का ३१ वर्षीय साजन तामाङ, बेलकोटगढी नगरपालिका वडा नम्बर १ का २० वर्षीय सजिन लामा, बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का ३३ वर्षीय दिपेश लामा र बेलकोटगढी नगरपालिका वडा नम्बर १ का २३ वर्षीय राम तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ परेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ। जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार, लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम कसूरको अनुसन्धानका लागि उनीहरूलाई बुधबार नै जिल्ला अदालत झापामा उपस्थित गराई सात दिनको म्याद थप गरिएको छ र आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको छ। यसअघि असार ७ गते बा.प्र. ०१–०३० से ७७९३ नम्बरको नेटा इभीमा ४७ ग्राम ६९० मिलिग्राम लागुऔषध ब्राउनसुगर ल्याउँदै गर्दा काठमाडौँ वडा २६ का २४ वर्षीय निवेश कुँवर र लमजुङ कोलासोतार वडा नं. ७ की २२ वर्षीया नोजिना रानालाई कारसहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको छ।

त्यस्तै, गत वैशाख ३१ गते गौरीगञ्ज गाउँपालिका वडा नं. ३, गौरीगञ्ज बजारबाट लागुऔषध कारोबारमा संलग्न दमकका भुपेन्द्र राई, भारत बस्ने भोला ठाकुर र मोनाजिर आलमलाई १०० ग्राम ०९० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको थियो। उनीहरूले उक्त अवैध कार्यका लागि ना. १ च ९१६२ नम्बरको हुन्डाई आई १०० कार र भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरेका थिए।

प्रकाशित : असार १२,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA