एसइईको नतिजा सार्वजनिक, ६१.८१ प्रतिशत ग्रेडेड : राष्ट्रिय परीक्षा बोर्ड JCNEPAL MEDIA

असार १३,२०८२ / जेसी नेपाल संवाददाता

गत वर्ष सञ्चालित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक भएको छ । परीक्षा लगत्तै शिक्षकहरुको लामो आन्दोलनका बाबजुद राष्ट्रिय परीक्षा बोर्डको बैठकले परीक्षा सकिएको तीन महिनाभित्रै नतिजा सार्वजनिक गरेको हो ।

भक्तपुरस्थित कार्यालयमा बसेको बोर्डको बैठकले नतिजा सार्वजनिक गर्ने अन्तिम निर्णय गरेलगत्तै पत्रकार सम्मेलन गरेर नतिजा सार्वजनिक गरिएको हो । पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष महाश्रम शर्माले कुल परीक्षर्थीमध्ये एक लाख ६७ हजार ५९७ जना ननग्रेडेड भएको जानकारी दिए । उनका अनुसार, गत वर्षको एसइईमा ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएको उल्लेख गरे । शर्माले अघिल्लो वर्षको तुलनामा यो वर्ष करिब १३ प्रतिशत बढी विद्यार्थी ग्रेडेड भएको जानकारी दिँदै उत्कृष्ट नतिजा ल्याउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे ।

यो वर्ष ३.६ देखि ४ जीपीए अर्थात् ए प्लस ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ रहेको शर्माले बताए । यस्तै ३.२ देखि ३.६ जीपीए अर्थात् ए ल्याउने विद्यार्थीको संख्या ८१ हजार ३८५, २.८ देखि ३.२ जीपीए अर्थात् बी प्लस ल्याउने विद्यार्थीको संख्या ८९ हजार १२४, २.४ देखि २.८ जीपीए अर्थात् बी ल्याउने विद्यार्थीको संख्या ४८ हजार ४७९, २.० देखि २.४ जीपीए अर्थात् सी प्लस ल्याउने विद्यार्थीको संख्या ४ हजार १ सय २६ र १.६ देखि २.० जीपीए अर्थात् सी ल्याउने विद्यार्थीको संख्या ८ जना रहेको बोर्डले जानकारी दियो ।

प्रदेशगत रुपमा बागमती प्रदेशबाट यो वर्ष १ लाख १९ हजार ५१७ जना ग्रेडेड भएका छन् । कोशीबाट ४७ हजार ८३५, मधेशबाट ५९ हजार ७४९ र गण्डकी प्रदेशबाट ४७ हजार ८४९ जना ग्रेडेड भएका छन् । बोर्डका अध्यक्ष शर्माका अनुसार, लुम्बिनीबाट ५७ हजार ६८७, कर्णालीबाट ४६ हजार ४५५ र सूदूरपश्चिम प्रदेशबाट ५९ हजार ८०४ जना वर्गीकृत भएका छन् । यो पनि पढ्नुहोस् एसइईमा सबैभन्दा धेरै गणित विषयमा 'ननग्रेडेड' २०८१ को एसइई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।

यो वर्षको परीक्षामा नियमित र ग्रेड वृद्धितर्फ गरी जम्मा ५ लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । १२६ जनाको परीक्षा रद्द गरिएको बताउँदै अध्यक्ष शर्माले यहीँ साउन २९ गतेदेखि ग्रेडवृद्धिका लागि परीक्षा सञ्चालन गर्ने तयारी भएको बताए । उनका अनुसार, यो वर्षपनि सबै परीक्षाको परीक्षा दिन सकिने छ ।

प्रकाशित : असार १३,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरूले प्रदर्शन गर्दै गुठीको माँगे लालपूर्जा : JCNEPAL MEDIA

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA