धनुषामा सशस्त्र प्रहरी तरस्करबीच भिडन्त, दुई दजर्न बढी राउण्ड गोली फायर, शस्त्र प्रहरी असईकाेे खुट्टामा घोंचे भाला : JCNEPAL MEDIA

असार २०,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषास्थित नेपाल भारत सीमामा सशस्त्र प्रहरी र तस्करबीच भिडन्त भएको छ । बिहिबार साँझ भारतसँग सटिएको धनुषाको बिदेह नगरपालिका वडा नं. २ अन्तर्गत दुहबी नाकामा सशस्त्र प्रहरी बल (एपीएफ) बीच झडप भएको छ।

दशगजाको सीमावर्ती क्षेत्रबाट तस्करी नियन्त्रणको प्रयासका क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि प्रहरीले १४ राउन्ड गोली प्रहार गरेको हो। सशस्त्र प्रहरी बल स्रोतका अनुसार प्रहार गरिएका १४ राउन्ड गोलीमध्ये ९ राउन्ड अश्रुग्यास र ५ राउन्ड जिन्दागोली रहेका छन्। भिडन्तमा एक जना सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) को खुट्टामा भालाले प्रहार भएको छ भने अन्य दुई जना प्रहरी पनि घाइते भएका छन्। घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको जनाइएको छ।

घटनाको सुरुवात तस्कर समूहले नियन्त्रणमा राखेको सामग्री जफत गर्ने क्रममा भएको प्रहरीले जनाएको छ। सुरक्षाकर्मीले सामग्री नियन्त्रणमा लिन खोज्दा तस्कर समूहले अचानक आक्रमण थालेपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको सशस्त्र प्रहरीको भनाइ छ। झडपपछि तस्कर समूहका सदस्यहरू भने घटनास्थलबाट फरार भएको जनाइएको छ।

हाल घटनाको थप अनुसन्धान जारी रहेको र सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रकाशित : असार २०,२०८२               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA