प्रदेश सरकारबाट नाउपा बाहिरिएपछि देउवा भेट्न काठमाडौं आइपुगे मुख्यमन्त्री शाह : JCNEPAL MEDIA

असार २१,२०८२ / जेसी नेपाल संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौंस्थित उनकै निवास बुढानिलकण्ठ पुगेका छन्। मुख्यमन्त्रीले शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सोही विषय र प्रदेश सरकारको बजेट पारित र सरकारका गतिविधिबारे छलफल गर्न मुख्यमन्त्री शाही सभापति देउवालाई भेट्न काठमाडौं आएका हुन्। शनिबार भएको भेटवार्ताका क्रममा शाहीले नाउपाका मन्त्रीलाई कारबाही गर्नुको कारण र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको बारेमा विस्तृतमा सुनाएका थिए। प्रदेश सरकारबाट बाहिरिएको नाउपाले संघ सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ। जसका लागि नाउपाले आइतबार बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइसकेको छ।

भेटवार्ताका क्रममा देउवाले मुख्यमन्त्री शाहलाई प्रदेश सरकारको गठबन्धनमा देखिएका समस्याहरू वार्ता र संवादमार्फत हल गर्न सुझाव दिएका थिए। देउवाले नाउपाको मन्त्री बर्खास्त भएको ठाउँमा नाउपाबाटै मन्त्री बनाउने गरी अघि बढ्न सुझाव दिएका उनको सचिवालयले जनाएको छ।

प्रकाशित : असार २१,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

विवादित शर्मालाई प्रभु बैंकको सिइओ बनाउन गभर्नरको जबरजस्ती,अन्योलमा बोर्ड : JCNEPAL MEDIA

एमाले मधेश प्रदेश कमिटी सदस्य बस्नेतसहित एक सय जना कांग्रेसमा गरे प्रवेश : JCNEPAL MEDIA

निर्वाचन आयोग जोगाउने सशस्त्र प्रहरीका डीएसपी कोइराला सम्मानित : जेन-जी आन्दोलन JCNEPAL MEDIA

जनकपुरमा एनएमए शाखाको अध्यक्षमा डा. रामज्ञान यादव निर्वाचित : JCNEPALMEDIA

नोबेल अस्पतालनजिकका ७ वटा औषधि पसलमा तालाबन्दी : विराटनगर JCNEPALMEDIA

नेपाल-भारत बोर्डर ७२ घण्टा बन्द रहने : JCNEPALMEDIA