प्रदेश सरकारबाट नाउपा बाहिरिएपछि देउवा भेट्न काठमाडौं आइपुगे मुख्यमन्त्री शाह : JCNEPAL MEDIA

असार २१,२०८२ / जेसी नेपाल संवाददाता

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौंस्थित उनकै निवास बुढानिलकण्ठ पुगेका छन्। मुख्यमन्त्रीले शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो।

सोही विषय र प्रदेश सरकारको बजेट पारित र सरकारका गतिविधिबारे छलफल गर्न मुख्यमन्त्री शाही सभापति देउवालाई भेट्न काठमाडौं आएका हुन्। शनिबार भएको भेटवार्ताका क्रममा शाहीले नाउपाका मन्त्रीलाई कारबाही गर्नुको कारण र पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको बारेमा विस्तृतमा सुनाएका थिए। प्रदेश सरकारबाट बाहिरिएको नाउपाले संघ सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने तयारी गरेको छ। जसका लागि नाउपाले आइतबार बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइसकेको छ।

भेटवार्ताका क्रममा देउवाले मुख्यमन्त्री शाहलाई प्रदेश सरकारको गठबन्धनमा देखिएका समस्याहरू वार्ता र संवादमार्फत हल गर्न सुझाव दिएका थिए। देउवाले नाउपाको मन्त्री बर्खास्त भएको ठाउँमा नाउपाबाटै मन्त्री बनाउने गरी अघि बढ्न सुझाव दिएका उनको सचिवालयले जनाएको छ।

प्रकाशित : असार २१,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA

कांग्रेस महाधिवेशनमा प्रमुख अतिथिका लागि गगनले पठाए देउवालाई निम्तो : JCNEPAL MEDIA