नेपाल हुँदै भारत छिर्न लागेका बँगलादेशी नागरिक रक्शाैलमा परे पक्राउ : JCNEPAL MEDIA

असार २२,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल हुँदै भारत प्रवेश घुसपैठ गर्न खोजेका एक बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ । भार त–नेपाल सीमानाकास्थित वीरगञ्ज–रक्सौलको मैत्री पुल नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बंगलादेशको ढाका, कुमिल्ला निवासी करिब ५० वर्षीय सैयद इकबाल अहमद रहेको भारतीय एसएसबिले जनाएको छ ।

वैध भिसा वा अन्य कागजात बिना नै भारततर्फ जाने क्रममा एसएसबीको गस्ती टोलीले शंकाका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई रक्सौलको अध्यागमन कार्यालयमा राखी प्रारम्भिक अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।

एक भारतीय सुरक्षा अधिकारीले समक्ष अहमदले दिएको प्रारम्भिक बयानमा आफू ढाकाबाट काठमाण्डु हुँदै वीरगञ्जको बाटोबाट भारत प्रवेश गर्न लागेको दाबी गरे । प्रहरीलाई दिएको जानकारी अनुसार, उनी उत्तर प्रदेशको लखनउ स्थित दारुल उल मदरसामा कार्यरत बंगलादेशी शिक्षक जुबेर आलमलाई भेट्न जान लागेको र त्यसपछि अजमेर जाने योजनाको खुलासा गरेका छन् ।

भारत र पाकिस्तानबीचको द्वन्द्वपछि नेपालतर्फको सीमानाका कडाइ गरिएको छ ।

प्रकाशित : असार २२,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA