नेपाल हुँदै भारत छिर्न लागेका बँगलादेशी नागरिक रक्शाैलमा परे पक्राउ : JCNEPAL MEDIA

असार २२,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल हुँदै भारत प्रवेश घुसपैठ गर्न खोजेका एक बंगलादेशी नागरिकलाई पक्राउ गरिएको छ । भार त–नेपाल सीमानाकास्थित वीरगञ्ज–रक्सौलको मैत्री पुल नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्ने व्यक्ति बंगलादेशको ढाका, कुमिल्ला निवासी करिब ५० वर्षीय सैयद इकबाल अहमद रहेको भारतीय एसएसबिले जनाएको छ ।

वैध भिसा वा अन्य कागजात बिना नै भारततर्फ जाने क्रममा एसएसबीको गस्ती टोलीले शंकाका आधारमा उनलाई नियन्त्रणमा लिएको थियो । उनलाई रक्सौलको अध्यागमन कार्यालयमा राखी प्रारम्भिक अनुसन्धान भइरहेको एसएसबीले जनाएको छ ।

एक भारतीय सुरक्षा अधिकारीले समक्ष अहमदले दिएको प्रारम्भिक बयानमा आफू ढाकाबाट काठमाण्डु हुँदै वीरगञ्जको बाटोबाट भारत प्रवेश गर्न लागेको दाबी गरे । प्रहरीलाई दिएको जानकारी अनुसार, उनी उत्तर प्रदेशको लखनउ स्थित दारुल उल मदरसामा कार्यरत बंगलादेशी शिक्षक जुबेर आलमलाई भेट्न जान लागेको र त्यसपछि अजमेर जाने योजनाको खुलासा गरेका छन् ।

भारत र पाकिस्तानबीचको द्वन्द्वपछि नेपालतर्फको सीमानाका कडाइ गरिएको छ ।

प्रकाशित : असार २२,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA