जनकपुर रेल्वेमा कटेर एक जना पुरूषको मृत्यू : JCNEPAL MEDIA

असार २३,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : नेपाल रेल्वेमा कटेर एक जनाको मृत्यू भएको छ । आज बिहान ९ः४० बजे देउरी परवाहा स्टेशनदेखि पूर्व रेल्वे लिकमा एक जनाको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाको अनुसार, जयनगर जनकपुर रेल्वेमा कटेर एक जनाको ज्यान गएको हो । मृतकको पहिचान अझै हुन नसकेको जनाइएको छ ।

कानमा ईयरफोन लगाएर रेल्वे लीकमा हिडीरहेका सो व्यक्तिलाई कैयौँ पटक हर्न दिँदा समेत नसुनेको रेल्वे कर्मचारीलाई उदृत गर्दै प्रहरीले जनाएको छ । हर्न बजाए पनि नसुन्दा उनको रेल्वेमा कटेर ज्यान गएके हो ।

रेल्वे आफनाे गतिमा रहेको बेला रोक्न खोजेपनि उनको ज्यान भने बाँच्न सकेनन् । अहिले घटनास्थलमा प्रहरी पुगेको छ । मृतकको पहिचान खुल्न बाँकी छ ।

प्रकाशित : असार २३,२०८२            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA