पतिपत्नी सवार मोटरसाइकलमाथि पहिरो खस्यो, पतिको मृत्यु, पत्नी घाइते : पाल्पा JCNEPAL MEDIA

असार २५,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : पाल्पामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ। मंगलबार साँझ भएको यो घटनामा मोटरसाइकलकी पत्नी घाइते भएकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

मोटरसाइकलको पछाडि सवार भण्डारीकी पत्नी २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन्। पहिरोमा गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु.५१ प ६६३३ नम्बरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गमा पर्ने तिनाउ गाउँपालिका-३ माथिल्लो सिद्धबाबा खण्डमा पहिरोमा परेको हो। ढुंगासहितको पहिरोले लाग्दा भण्डारी दम्पती सडकबाट ३० मिटर तल खसेका थिए।

घाइते कल्पनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ।

प्रकाशित : असार २५,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA