पतिपत्नी सवार मोटरसाइकलमाथि पहिरो खस्यो, पतिको मृत्यु, पत्नी घाइते : पाल्पा JCNEPAL MEDIA

असार २५,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : पाल्पामा गुडिरहेको मोटरसाइकलमाथि पहिरो खस्दा चालकको मृत्यु भएको छ। मंगलबार साँझ भएको यो घटनामा मोटरसाइकलकी पत्नी घाइते भएकी जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। मृत्यु हुनेमा रामपुर नगरपालिका-५ तालपोखराका ३६ वर्षीय जनक भण्डारी रहेका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए।

मोटरसाइकलको पछाडि सवार भण्डारीकी पत्नी २९ वर्षीया कल्पना चापागाईं घाइते भएकी छन्। पहिरोमा गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्। पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु.५१ प ६६३३ नम्बरको मोटरसाइकललाई सिद्धार्थ राजमार्गमा पर्ने तिनाउ गाउँपालिका-३ माथिल्लो सिद्धबाबा खण्डमा पहिरोमा परेको हो। ढुंगासहितको पहिरोले लाग्दा भण्डारी दम्पती सडकबाट ३० मिटर तल खसेका थिए।

घाइते कल्पनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था सामान्य छ।

प्रकाशित : असार २५,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA