बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु : JCNEPAL MEDIA

असार २८,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–६ को खिपाली मोडमा शनिबार बिहान ६ बजेतिर सुपप्र ०१००१ज१३७२ नम्बरको जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएका जीप चालक डिलासैनी गाउँपालिका–१ नगराउ बस्ने २४ वर्षीय सन्तोशबहादुर राना र सोही ठाउँका ३२ वर्षीय किरण चौधरीको मृत्यु भएको छ । गम्भीर अवस्थामा उद्दार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्र पठाइएका उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा अन्य ६ जना घाइते छन् । घाइते हुनेमा डिलासैनी गाउँपालिका–१ कै ४२ वर्षीय रामबहादुर राना, ५१ वर्षीय कमला धामी, २७ वर्षीय राजेन्द्र बहादुर खत्री, २१ वर्षीया भागरथी खत्री, २ वर्षीया एलिसा खत्री र २५ वर्षीय हेमन्त प्रसाद भट्ट रहेको डीएसपी जोराले बताए । उनीहरु मध्ये गम्भीर अवस्थाका कमला धामी र राजेन्द्र खत्रीलाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ ।

जीप सडकबाट करीब ७० मिटर तल खसेको छ भने दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA