विरगञ्जमा पानी सँकट बढेपछि वनमन्त्री यादवको निर्देशनमा खानेपानी ट्याँकर परिचालन : JCNEPAL MEDIA

असार २९,२०८२ / जेसी नेपाल संवाददाता

वीरगँज : वीरगञ्ज क्षेत्रमा जारी खानेपानी संकटलाई मध्यनजर गर्दै मधेस प्रदेश सरकारका बन तथा वातावरण मन्त्री संजय यादवको विशेष निर्देशनमा डिभिजन वन कार्यालयअन्तर्गतका पानी ट्यांकरहरू सर्वसाधारणका लागि परिचालन गरिएको छ।

अत्यधिक गर्मी र खडेरीका कारण वीरगञ्जका विभिन्न स्थानमा पानीको चरम अभाव देखिएपछि मन्त्री यादवले तत्काल राहतस्वरूप वन कार्यालयका ट्यांकरमार्फत नागरिकहरूलाई पिउने पानी उपलब्ध गराउने व्यवस्था मिलाएका हुन्। मन्त्री यादवले उक्त ट्यांकरहरूलाई शहरका ती क्षेत्रहरूमा प्राथमिकताका साथ पठाउन निर्देशन दिएका छन्, जहाँ सर्वसाधारण पानीका लागि सर्वाधिक समस्यामा छन्।

उनले भने- 'जनताको जीवन र स्वास्थ्यप्रति सरकार गम्भीर छ। जबसम्म नियमित आपूर्ति बहाल हुँदैन, ट्यांकरमार्फत पानी आपूर्ति निरन्तर गरिनेछ। डिभिजन वन कार्यालय, पर्साका अनुसार हाल दैनिक रूपमा दर्जनौं स्थानमा पानी पुर्याउने कार्य भइरहेको छ। स्थानीयवासीहरूले मन्त्रीको यो पहललाई सकारात्मक रूपमा लिँदै धन्यवाद दिएका छन्।

यो कदमले वन तथा वातावरण मन्त्रालयले केवल प्राकृतिक स्रोत संरक्षणमै होइन, जनताको तात्कालिक आवश्यकताप्रति पनि संवेदनशील रहेको प्रमाणित गरेको छ।

प्रकाशित : असार २९,२०८२        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA