विरगञ्जमा पानी सँकट बढेपछि वनमन्त्री यादवको निर्देशनमा खानेपानी ट्याँकर परिचालन : JCNEPAL MEDIA

असार २९,२०८२ / जेसी नेपाल संवाददाता

वीरगँज : वीरगञ्ज क्षेत्रमा जारी खानेपानी संकटलाई मध्यनजर गर्दै मधेस प्रदेश सरकारका बन तथा वातावरण मन्त्री संजय यादवको विशेष निर्देशनमा डिभिजन वन कार्यालयअन्तर्गतका पानी ट्यांकरहरू सर्वसाधारणका लागि परिचालन गरिएको छ।

अत्यधिक गर्मी र खडेरीका कारण वीरगञ्जका विभिन्न स्थानमा पानीको चरम अभाव देखिएपछि मन्त्री यादवले तत्काल राहतस्वरूप वन कार्यालयका ट्यांकरमार्फत नागरिकहरूलाई पिउने पानी उपलब्ध गराउने व्यवस्था मिलाएका हुन्। मन्त्री यादवले उक्त ट्यांकरहरूलाई शहरका ती क्षेत्रहरूमा प्राथमिकताका साथ पठाउन निर्देशन दिएका छन्, जहाँ सर्वसाधारण पानीका लागि सर्वाधिक समस्यामा छन्।

उनले भने- 'जनताको जीवन र स्वास्थ्यप्रति सरकार गम्भीर छ। जबसम्म नियमित आपूर्ति बहाल हुँदैन, ट्यांकरमार्फत पानी आपूर्ति निरन्तर गरिनेछ। डिभिजन वन कार्यालय, पर्साका अनुसार हाल दैनिक रूपमा दर्जनौं स्थानमा पानी पुर्याउने कार्य भइरहेको छ। स्थानीयवासीहरूले मन्त्रीको यो पहललाई सकारात्मक रूपमा लिँदै धन्यवाद दिएका छन्।

यो कदमले वन तथा वातावरण मन्त्रालयले केवल प्राकृतिक स्रोत संरक्षणमै होइन, जनताको तात्कालिक आवश्यकताप्रति पनि संवेदनशील रहेको प्रमाणित गरेको छ।

प्रकाशित : असार २९,२०८२        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहकाे मुद्दामा नयाँ टुइस्ट , हिरा साह घटनालाई सामसुम पार्ने दाेषिमात्रै देखिए : JCNEPAL MEDIA

महोत्तरीमा १४ बर्षिय बालिका बलात्कृत, गाउँमै ढाकछोप गरि मिलाउन खाेज्दा आरोपित पक्राउ : JCNEPAL MEDIA

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

धनुषा निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधि सभा चुनावका लागि कांग्रेसभित्र उम्मेदवार चयन बहस तीव्र : JCNEPAL MEDIA