गौशाला नगरपालिकामा रहेको विद्यालयका प्रधानाध्यापकहरुले बुझाए सामूहिक राजिनामा : महाेत्तरी JCNEPAL MEDIA

असार ३१,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : महोत्तरीको गौशाला नगरपालिकास्थित सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक रूपमा राजीनामा दिएका छन् ।

मंगलबार नगरपालिकाको प्रशासन शाखामा पालिकाका ३२ वटै विद्यालयका प्रधानाध्यापकले सामूहिक रूपमा राजीनामा दिएका हुन् ।आर्थिक वर्षको अन्त्यतिर आइपुग्दा पनि नगरपालिकाको कार्यालयले अत्यावश्यक रकम निकासा नगर्दा विद्यालय सञ्चालनका लागि सकस भएपछि बाध्य भएपछि राजीनामा दिएको एक प्रधानाध्यापकले बताए ।

दिवा खाजा, पाठ्यपुस्तक, नन सैलरी, नगर शिक्षक र नगर अनुदान शिक्षकको तलब निकासा, सर्शत पुँजीगत तथा शैक्षिक अनुदान शीर्षकको रकम समेत अति न्यून निकासा र पटकपटक ताकेता गर्दा समेत आलटाल गरेपछि बाध्य भई राजीनामा दिएको प्रधानाध्यापकहरुको भनाई छ ।

उनीहरूले नगरपालिकाको कार्यालयमा राजीनामा बुझाएका हुन् ।

प्रकाशित : असार ३१,२०८१        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA