प्रहरी र तस्करबीच पैसाको डील भएको अडियो बाहिरियो : JCNEPAL MEDIA

श्रावण ०२,२०८१ / जेसी नेपाल संवाददाता

रौतहट : सर्लाहीमा प्रहरीले तस्करसँग पैसाको मोलमोलाई गरेको अडियो बाहिरिएको छ। तस्करसँग लेनदेन गरेको अडियो बाहिरिएपछि इलाका प्रहरी कार्यालय हिरापुर सर्लाहीमा कार्यरत सई वैधनाथ दास निलम्बनमा परेका छन्। सई दासले आफ्ना घुमुवा प्रहरी जवान सन्तोष यादवमार्फत तस्कर गरेको त्रिपक्षीय घुस लेनदेनको अडियो सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीले उनलाई शुक्रबार निलम्बन गर्नका लागि मधेस प्रदेश प्रहरी कार्यालय जनकपुर हुँदै प्रहरी प्रधान कार्यालयमा सिफारिस पठाएको हो।

सर्लाहीका नामुद तस्कर राजीव यादवसँग मिलेर तस्करी गराउन सघाउनका लागि सई दासले घुमुवा जवान यादवमार्फत १८ हजार रुपैयाँ मागेका थिए। सई दास यसअघि पनि पर्सा जिल्लामा कार्यरत रहँदा २०७७ साल मंसिर ५ गते तस्करसँग घुस लिएको आरोपमा निलम्बनमा परेका थिए। दासको करिब एक वर्षपछि पाँच वर्ष बढुवा रोक्का गरी पुनः कारबाही फुकुवा भएर जागिरमा जोडिए पनि आफ्नो तस्करसँगको हिमचिम छाडेका थिएनन्। सई दास करिब ८ महिनादेखि हिरापुरमा आफ्नो प्रभाव जमाएर बसेका थिए। हिरापुर भारतसँग सीमा जोडिएको नाका भएकाले प्रहरीसँगको मिलेमतोमा तस्करी हुने गरेको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले सई दासलाई निलम्बन सिफारिस गरिसकेको पुष्टि गर्दै शुक्रबार बिहान तस्कर र सईबीचको अडियो बाहिरिएपछि प्रमाण नष्ट हुन नदिन सई दासलाई नेपाल प्रहरी मधेस प्रदेश कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयलाई निलम्बनको सिफारिस पठाएको र उनको ठाउँमा अर्को सई पठाउने तयारी भइरहेको बताए।

प्रकाशित : श्रावण ०२,२०८१          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA