स्रोत नखुलेको ३ लाखसहीत भारतीय नागरिक पक्राउ : राैतहट JCNEPAL MEDIA

श्रावण ०२,२०८१ / जेसी नेपाल संवाददाता

रौतहट : रौतहटको सदरमुकाम गौर स्थित प्रहरीले स्रोत नखुलेको लाखौं रुपैयाँ सहित एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारत बिहार जिल्ला सीतामढी बैरगनिया नगरपालिकाको १३ बाबालाल दास मठ टोल बस्ने बर्ष ४५ को महेश कुमार लाई अबैध रकम सहित प्रहरीले पक्राउ गरेको हो।

निजको साथबाट प्रहरीले नेपाली ३ लाख रुपैयाँ बरामद गरेको रौतहट प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीले न्युज कारखानालाई बताए । अस्थायी प्रहरी पोष्ट महादेवपट्टीबाट खटिएको प्रहरी टोलीले गौर नगरपालिका २ महादेवपट्टी टोल स्थित भारतबाट नेपाल तर्फ पैदल आउने क्रममा संका लागि चेकजाँच गर्दा निजको पाईन्टको पकेट भित्र लुकाई छिपाई राखिएको अवस्थामा नेपाली ३ लाख रूपैयाँ फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले शुक्रवार सार्वजनिक गरेको छ।

उक्त रकमको आवश्यक कागजातहरु माग गर्दा देखाउन नसकेको हुँदा बरामद रकमसहित भारतीय नागरिक महेशकुमारलाई आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपककुमार रायद्वारा जारी सूचनामा उल्लेख गरिएको छ। प्रतिक्रिया लेख्नुहोस्

प्रकाशित : श्रावण ०२,२०८१            ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA