सीमानाकाबाट विदेशीहरूको अवैध प्रवेश : नेपाल -भारत JCNEPAL MEDIA

श्रावण ०४,२०८१ / जेसी नेपाल संवाददाता

नेपाल–भारत खुला सीमानाकाका कारण विदेशीहरुको अवैध प्रवेश बढ्न थालेको पाइएको छ । खुला सिमाना रहेका कारण सहज आवागमनले गम्भीर सुरक्षा चुनौतीसमेत बढेको छ ।

मधेश प्रदेशको सीमावर्ती क्षेत्र वीरगञ्ज, भिठ्ठामोड, कोशी प्रदेशको सीमावर्ती क्षेत्र हुँदै बंगलादेश, भुटान, बर्मा (म्यानमार) र तिब्बतबाट विदेशी नागरिकको अवैध प्रवेश निरन्तर भइरहेको देखिएको छ । केही साता अघि वीरगञ्ज नाकाबाट बंगलादेशीहरुको एक समूह देखिएको थियो । त्यस्तै गत चैत १३ गते अमेरिकाबाट ’डिपोर्ट’ भएका १३ भुटानीमध्ये चारजना झापाको बेलडाँगी शरणार्थी शिविरमा अवैध रूपमा प्रवेश गरेका थिए ।

जसमध्ये तीनजना पानीट्यांकी नाकाबाट लुकीछिपी नेपाल छिरेका थिए भने चौथो व्यक्ति बाहुनडाँगी नाकाबाट प्रवेश गर्दा पक्राउ परेका थिए । अमेरिकाबाट डिपोर्ट भएका अरू धेरै शरणार्थी यही शैलीमा नेपाल प्रवेश गरिरहेका छन् । यसबारे स्थानीय सुरक्षा संयन्त्र बेखबर देखिएको छ । नेपाल, भारत र बंगलादेशको सीमाको संगमस्थल मानिने पूर्वी क्षेत्रतर्फको ‘सिलिगुडी कोरिडोर (चिनेक नेक) क्षेत्र अवैध घुसपैठका लागि प्रमुख र संवेदनशील क्षेत्र बनिरहेको छ ।

भेषभुषा बदलेर तिब्बतीहरू, नक्कली आधार कार्ड देखाएर बर्मेलीहरू, नेपाली जस्तो देखिने भुटानी र भारतीयजस्ता देखिने बंगलादेशी नागरिक सजिलै नेपाल प्रवेश गर्दै आएका छन् । भुटानीहरू त नेपालीजस्तै अनुहार र भाषा भएका कारण सहजै प्रवेश गरिरहेका छन् । भारतले नाका वारपार गर्न एकतर्फी ‘आईडी भेरिफिकेसन्स’ अनिवार्य गरेको छ । तर पनि विदेशीहरू वैकल्पिक बाटो प्रयोग गरेर नेपाल प्रवेश गरिरहेका छन् । खुला सीमाको फाइदा उठाउँदै विदेशी नागरिकलाई नेपाल प्रवेश गराउन सीमापारि र वारि दुवैतिर दलालहरू सक्रिय पाइएको छ ।

भुटानी युवाहरूलाई जनही १०/१० हजार भारतीय रुपैयाँ असुलेर नेपाल प्रवेश गराएको घटनाले पुष्टि हुन्छ । त्यस्तै, बंगलादेशीहरू मतदाता परिचयपत्र र नक्कली आधार कार्ड देखाएर भारतीय नागरिकको रुपमा नेपाल प्रवेश गर्दै आएका छन् ।

प्रकाशित : श्रावण ०४,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA