अवैध काठसहित एक जना पक्राउ : JCNEPAL MEDIA

श्रावण ०४,२०८१ / जेसी नेपाल संवाददाता

पर्साको डिभिजन बन कार्यालय अन्तर्गत सबडिभिजन बन कार्यालयबाट खटिएको बन गस्ती टोलीले अवैध चौंपेटा काठसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रत्नपुर निवासी २४ वर्षीय मुस्तक आलम रहेका छन्।

रेञ्जर भूपाल रोकायको नेतृत्वमा गएको बन गस्ती टोलीले आलमलाई मोटरसाइकलमा चौंपेटा काठ लोड गरेर ल्याउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको वन कार्यालयले जनाएको छ । उनी रत्नपुर क्षेत्रबाट काठ बोकेर ल्याउँदै गर्दा समातिएका हुन्।

पक्राउ परेका आलमलाई हाल डिभिजन बन कार्यालय पर्साको नियन्त्रणमा राखिएको छ भने यस विषयमा थप अनुसन्धान भइरहेको डिभिजनल बन अधिकृत अहमदले जानकारी दिएका छन्।

प्रकाशित : श्रावण ०४,२०८१             ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA