११ एसपी एसएसपीमा बढुवा सिफारिस : JCNEPAL MEDIA

साउन ०४,२०८१ / जेसी नेपाल संवाददाता

नेपाल प्रहरीको ११ जना एसपीहरू एसएसपीमा बढुवा सिफारिस भएका छन्। सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले ११ जनालाई एसपीमा बढुवा सिफारिस गरेको हो।

सिफारिस हुने एसपीहरूमा प्रकाश रानाभाट, कमल थापा, राकेश सिंह, राजीव बस्नेत, तुलबहादुर कार्की, दीपक पाेखरेल, केदार खनाल, ज्ञानेन्द्रप्रसाद फुयाल, दिपेन्द्र शाही, प्रविण धिताल र दयानिधी ज्ञवाली छन्। बढुवा सिफारिसमा यसपटक पनि एसपी बिमल बस्नेत र रामप्रकाश शाह छुटेका छन्।

बस्नेत पहिलाे नम्बरमा भए पनि ५ वर्ष बढुवा राेक्काकाे कारबाहीमा परेका थिए। साह र बस्नेत राष्ट्रिय अनुसन्धान विभागकाे टाेलिबाट आएका हुन्। ११ एसएसपीका लागि ३३ जना एसपी प्रतिस्पर्धामा थिए। गृह स्रोतका अनुसार सिनियर १३ मध्येबाट ११ जना बढुवा सिफारिसमा परेका हुन्।

प्रहरीमा ११ एसएसपी खाली, ०५६ का ३ सहित ३३ एसपी प्रतिस्पर्धामा रहेका छन ।

प्रकाशित : साउन ०४,२०८१                 ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA