पीडितकै डेरामा आश्रय लिएर पटक पटक बलात्कार : JCNEPAL MEDIA

साउन ०५,२०८१ / जेसी नेपाल संवाददाता

मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) लाई बलात्कारको आरोपमा काठमाडौं प्रहरीले पक्राउ गरेको छ। पीडित युवतीले दिएको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान सुरु गरेको छ र अहिराजले घटना मिलाउन रकम दिएको आरोप छ। अहिराजले आफूमाथिको आरोप अस्वीकार गरेका छन् भने प्रहरीले सरकारी वकिलसँग समन्वय गरी थप अनुसन्धान गरिरहेको छ। काठमाडौँ । मधेश प्रदेशका पुर्वप्रमुख राजेश झा (अहिराज) अहिले भद्रकाली स्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन् ।

रौतहट घर भएका अहिराजविरुद्ध बलात्कार गरेको आरोप छ । आफूलाई बलात्कार गरेको भन्दै २३ वर्षीया युवतीले उनीविरुद्ध काठमाडौं प्रहरीमा जाहेरी दिएकी थिइन् । २०७७ फागुनमा मधेश प्रदेशका प्रमुख भएका अहिराज र पीडितका परिवारसँग ‘पारिवारिक’ सम्बन्ध थियो । काठमाडौँ आउजाउ गर्दा उनी नयाँ बानेश्वरस्थित पीडित परिवारकहाँ बस्ने गर्थे । पत्रकारिता गरेर अघि बढेका अहिराज समाजमा चिनिएका पात्र थिए । पीडित परिवारले उनको ‘पहुँच’ माथिसम्म भएको भनेर आश्रय दिइरहन्थे । आश्रय लिएर उनले युवतीलाई बलात्कार गरेकाे आराेप छ ।

पीडितका परिवारले सामान्य कमाई हुने व्यवसाय गरेर जीविकोपार्जन गरिरहेका थिए । त्यस्तोमा ती युवतीले आफूमाथि धेरै पटक बलात्कार गरेको पीडितले जाहेरीमा लेखेकी छन् । बलात्कारको घटना परिवारका सदस्यले थाहा पाए । त्यसपछि घटना मिलाउन अहिराजले रकम दिने आश्वासन दिन थाले । चार लाख रुपैयाँ दिएर उनले घटना दबाउने प्रयास गरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अधिकृत भन्छन्, ‘युवतीको खातामा एकपटक चार लाख डिपोजिट भएको देखिन्छ ।’ अहिराजले सो रकम युवतीले आफूसँग ‘बार्गेनिङ’ गरेर लिएको जिकिर गरेका छन् । तर, युवतीकै नाममा डिपोजिट भएको हुनाले बार्गेनिङ पुष्टि नभएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।  

पीडितले २०८१ माघ ३ मा उनीविरुद्ध बलात्कार जाहेरी दिइन् । आफूविरुद्ध प्रहरीमा जाहेरी पुगेपछि अहिराजले युवतीविरुद्ध आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा जाहेरी दिए । प्रहरीले सो कसुरमा पीडितसँग बयान लिएर ‘हाजिर जमानी’मा रिहा गरेको थियो । पीडितले आफूलाई ५० लाख रुपैयाँ मागेको अहिराजले दाबी गरेका छन् । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘मसँग ५० लाख माग गरेका थिए, ४ लाख दिएको हुँ ।’ बलात्कार कसुरमा २०८१ चैत २५ मा अदालतबाट पुर्जी जारी भएसँगै अहिराज फरार भएका थिए । अहिराज फरार भए पनि उनको जाहेरीको आधारमा प्रहरीले पीडितसँग बयान लिएको थियो । बयानमा पीडितले चुनौती दिइन्, ‘मविरुद्ध आपराधिक लाभ पुष्टि गर्नुस्, कारबाही भोग्न तयार छु ।

’ अहिराजविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । अहिराजले आफूमाथिको आरोप ‘इन्कार’ गरेका छन् । बलात्कार र आपराधिक लाभविरुद्ध दुई वटा मुद्दा कसरी बढाउने भन्नेबारे सरकारी वकिल कार्यालयसँग समन्वय गरेर निर्णय लिइने एसपी बोहराले बताए ।

प्रकाशित : साउन ०५,२०८१                    ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

जनकपुरमा बालेन सरकारविरुद्ध सुकुम्बासीहरूले प्रदर्शन गर्दै गुठीको माँगे लालपूर्जा : JCNEPAL MEDIA

ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा : JCNEPAL MEDIA

पाठ्यपुस्तकमा व्यापक कालोबजारी, तर सरकार बने मुखदर्शक : JCNEPALMEDIA

करार शिक्षक तथा कर्मचारी नियुक्ति प्रक्रियामा सर्वोच्चको अन्तरिम आदेश : शहीदनगर नगरपालिका

जनकपुरमा किशोरीलाई बन्धक बनाएर ७ दिनसम्म बलात्कार, अवस्था चिन्ताजनक : JCNEPAL MEDIA

राराब क्याम्पसमा BBA परीक्षार्थी र क्याम्पस प्रशासनबीचकाे विवादले केही विद्यार्थी हरू परिक्षाबाट बन्चित : JCNEPAL MEDIA