जनकपुरमा खुकुरी प्रहारबाट किशोरीको मृत्यु, दुई जना घाइते : JCNEPAL MEDIA

साउन १३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको जनकपुर उपमहानगरपालिका–०४ मा सोमबार राति भएको खुकुरी प्रहारमा परी एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा १४ वर्षीया अञ्जली यादव रहेको धनुषा प्रहरीले पुष्टि गरेको छ।

खुकुरी प्रहारबाट अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र १५ वर्षीया राधा यादव घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। मृत अञ्जलीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। स्थानीय बासिन्दाका अनुसार घटनाको कारण प्रेम प्रसंग रहेको बताइएको छ, यद्यपि घटनाको विस्तृत विवरण आउन बाँकी छ।

धनुषा प्रहरीले घटनाको पुष्टि गरे पनि विस्तृत जानकारी दिन मानेको छैन। प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित : साउन १३,२०८१               ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA