जनकपुरमा खुकुरी प्रहारबाट किशोरीको मृत्यु, दुई जना घाइते : JCNEPAL MEDIA

साउन १३,२०८१ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : धनुषाको जनकपुर उपमहानगरपालिका–०४ मा सोमबार राति भएको खुकुरी प्रहारमा परी एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। मृत्यु हुनेमा १४ वर्षीया अञ्जली यादव रहेको धनुषा प्रहरीले पुष्टि गरेको छ।

खुकुरी प्रहारबाट अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र १५ वर्षीया राधा यादव घाइते भएको प्रहरीले जनाएको छ। उनीहरूको अहिले जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको अस्पताल स्रोतले जानकारी दिएको छ। मृत अञ्जलीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको छ। स्थानीय बासिन्दाका अनुसार घटनाको कारण प्रेम प्रसंग रहेको बताइएको छ, यद्यपि घटनाको विस्तृत विवरण आउन बाँकी छ।

धनुषा प्रहरीले घटनाको पुष्टि गरे पनि विस्तृत जानकारी दिन मानेको छैन। प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित : साउन १३,२०८१               ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA