अवैध लागुऔषधमा दुई भारतीय नागरिकसहित चार जना पक्राउ : सिन्धुली JCNEPAL MEDIA

साउन १५,२०८१ / जेसी नेपालसंवाददाता 

सिन्धुली : सिन्धुलीमा अवैध लागुऔषधसहित चार जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुई जना भारतीय नागरिक पनि रहेका छन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार भारतका ३० वर्षीय मोहम्मद रिजवान र सोही ठाउँका ३५ वर्षीय मोहम्मद इकरार अवैध लागुऔषधसहित पक्राउ परेका हुन् ।

उनीहरूलाई विराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको बा४ख ६०४२ नम्बरको हायस कमलामाई नगरपालिका ९ भिमान चेकपोष्टमा चेकजाँच गर्ने क्रममा अवैध खैरो हिरोइन ११ दशमलव ५०० ग्रामसहित नियन्त्रणमा लिइएको सिन्धुलीका प्रहरी प्रवक्ता तथा (डिएसपी) सूर्य प्रकाश सुवेदीले जानकारी दिए। यस्तै बुढानीलकण्ठ नगरपालिका १ का ३५ वर्षीय सरोज बास्तोला र इश्वरपुर नगरपालिका १४ सर्लाही बस्ने अशोक हिङ्ममाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

झापाबाट काठमाडौंतर्फ आउँदै गरेको प्र.१ –०१–००१ ख ४५३६ नम्बरको हायसमा चेकजाँच गर्दा उनीहरूको साथबाट १६ दशमलव ४०० ग्राम अवैध खैरो हिरोइन फेला परेको प्रवक्ता सुवेदीको भनाई छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित : साउन १५,२०८१                ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA