हँसपुर नगरपालिका मेयर प्रदिप यादवले एक पछि अर्को घटना गराउदै , मनमौजी नमानेपछि उपमेयरलाई हाकिमको धम्की : धनुषा JCNEPAL MEDIA

साउन १६,२०८१ / जेसी नेपाल संवाददाता 

जनकपुरधाम : धनुषाको हंसपुर नगरपालिकामा मेयर प्रदिप यादवले भ्रष्टाचारी गर्न एक पछि अर्को घटना तिर लम्किरहेका छन । मेयर यादवले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सर्वजीत झा बाट उपप्रमुख दुर्गीदेवी मण्डललाई सेवासुविधा रोक्का गर्ने धम्की दियाएका छन् ।

पालिकाको राजस्व परामर्श समितिको बैठकमा उपप्रमुख मण्डलले हस्ताक्षर नगरेपछि प्रमुख प्रशासकीय अधिकृत झाले हस्ताक्षर नगरे सबै सेवासुविधा रोक्का गर्ने चेतावनी दिएका हुन् । यता अधिकृत झाले मेयर यादवलाई रिझाउन कानुनमा नभएको व्यवस्था प्रयाेग गरि उपमेयर मंडललाई थर्काएका थिए । राजस्व परामर्श समितिको संयोजक आफू नै रहेको तर मलाई जानकारी नगराइ गोप्य बैठक बसेर गरेको निर्णयमा जबरजस्ती हस्ताक्षर गराउन खोज्दा आफूले हस्ताक्षर नगरेको खण्डमा सेवासुविधा रोक्का गर्ने धम्की प्रशासकीय अधिकृत झाले दिएको उपप्रमुख मण्डलले बताइन् ।

नगरपालिकाले ठेक्का लगाएको पोखरी र एम्बुलेन्सको आम्दनी सार्वजनिक गर्न भनेपछि अधिकृत झाले सेवासुधिवा रोक्का गर्ने धम्की दिएर दादागिरी गरेर आफूलाई तल देखाउन खोजेको उनले आरोप लगाइन् । उपप्रमुख मण्डलसहित पाँचजना वडाध्यक्षले आर्थिक वर्ष २०८१–८२ को हरहिसाब सार्वजनिक नगरे नगरसभा हुन नदिने अडान राखेका कारण अहिलेसम्म नगरसभा हुन सकेको छैन् । स्थानीय तहले असार १० गतेसम्म नगरसभा गर्नुपर्ने संवैधानिक र कानूनी व्यावस्था छ ।

तर, हंसपुरमा जनप्रतिनिधिहरुको विवादका कारण नगरसभा नहुँदा बजेट पनि सार्वजनिक हुन सकेको छैन्। नगर प्रमुख प्रदीप कुमार यादवले प्रमुख प्रशासकीय अधिकृतसँग मिलेर आर्थिक अनियमिता गरेकै कारण पछिल्लो आर्थिक वर्षको हिसाबकिताब सार्वजनिक गर्न नमानेको आरोप वडा नम्बर ९ का वडाध्यक्ष प्रदीप कुमार मण्डलले लगाएका छन् । आफूहरुले नगरपालिकाको खर्चविवरण माग्दा नगर प्रमुख यादवले उपलब्ध नगराउने उल्टै प्रमुख प्रशासकीय अधिकृतमार्फत् आफूलाई सेवासुविधा रोक्का गरिदिन भनेर धम्क्याउन लगाएको उपप्रमुख मण्डलले बताइन् । केहि दिनदेखि स्वास्थ्य अवस्था ठिक नभएका कारण कार्यालय जान पाएको छैन् ।

हामी वडाध्यक्षहरुसहित छिट्टै कार्यालय घेराउ गर्न जान्छौँ,’ उपप्रमुख मण्डलले भनिन् । कुन अधिकारले प्रमुख प्रशासकीय अधिकृत झाले मेरो सेवासुविधा काट्ने कुरा गरेको हो पहिला उसैलाई ठिक पार्छु । उनले भनिन्, ‘अधिकृत लोकसेवा पास गरेर आएको छ । हामी पनि जनताबाटै पास भएर गएका छौं । तर उनले भनेको कुरा नमान्दा मेरो सेवासुधिवा रोक्का गर्न धम्की दिएको छ । कुन हैसियतले हाकिमले धम्की दिएको हो त्यसको जवाफ उनलाई दिनुपर्छ । उपप्रमुख मण्डलले भनिन्, ‘नगरसभा बैठकको अह्वान नगर प्रमुखले गर्ने हो । तर नगर प्रमुख यादवले डराएर बैठक बोलाउने हिम्मत नगरेको वडा नम्बर ४ का वडाध्यक्ष लालबाबु यादवले आरोप लगाए ।

उनले भने, ‘बहुमत सदस्य हामीसँग छन् । त्यसैले उनले बैठक बोलाउन सकेका छैनन्, विभिन्न तालिम र गोष्ठीका नाममा नगरप्रमुख यादव र अधिकृत झाले ब्रहमलुट मचाएको छ । त्यसको हिसाबकिताब माग्दा दिएको छैन् उल्टै सेवासुविधा रोक्का गर्ने धम्की दिएको छ । उनले अहिले सिचाँइको पानि मात्रै नभएर खानेपानिको हाहाकार रहेको बेला पालिकाले ४२ कल (हाण्ड पाइप) थन्काएर राखिरहेको भन्दै नगरप्रमुख यादवले जनतामा नबाँडेर आफ्ना आफन्त र आसेपासेलाई बाँड्ने गरेको आरोप लगाइन् । कार्यायपालिका सदस्य राजेश पासवानले नगर प्रमुख यादव असक्षम सावित भइसकेको भन्दै कनूनी प्रावधान अनुसार पाँच वर्ष पदमा रहिरहनुपर्ने भएकाले अझै ढेड दुई वर्ष अयोग्य नेतृत्वलाई नगरबासीले झेल्नु पर्ने बाध्यता रहेको बताए ।

नेतृत्व असक्षम भएपछि अधिकृतले के गर्ने हो ? उ त कमाउन आएको हो जोसँग मिल्नुपर्छ, मिलेर कमाउने हो’, उनले भने,‘प्रशासकीय अधिकृतले भ्रमण भत्ताको नाममा पनि चेक काटेको छ त्यो कुन कर्मचारीको नाममा काटिएको हो को–को काहाँ–कहाँ भ्रमण गरेको त्यो पनि सार्वजनिक गर्नुपर्छ । प्रमुख प्रशासकीय अधिकृत झा यसअघि पनि धनुषाकै दुईवटा स्थानीय तह लक्ष्मीनियाँ गाउँपालिका र जनकनन्दनी गाउँपालिकामा काम गरिसकेका छन् । तर त्यहाँ दुईवटै पालिका प्रमुखले उनलाई नरुचाएपछि केहिदिन मै फिर्ता भएका थिए । उनलाई पर्यटक अधिकृत पनि भन्ने गरिन्छ । यस विषयमा प्रतिक्रिया लिन फोन गर्दा उनी सम्पर्कमा आउनै चाहेनन् ।

प्रकाशित : साउन १६,२०८१                    ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA