भूमि आयोगका अध्यक्षसहित पाँच जना फरार : सिरहा JCNEPAL MEDIA

साउन २७,२०८१ / जेसी नेपाल संवाददाता

भूमि समस्या समाधान आयोगका अध्यक्षसहित पाँच जना फरार रहेका छन् भने दुई जना कर्मचारीलाई ठगी तथा लिखत कीर्ते मुद्दामा कारागार चलान गरिएको छ ।

सिरहा जिल्ला अदालतले मालपोत तथा भूमिसुधार कार्यालय सिरहाका कार्यालय सहयोगी राजकुमार राय र आयोगका कम्प्युटर अपरेटर सन्तोषकुमार यादवलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

त्यस्तै यही मुद्दामा भूमि आयोग सिरहाका अध्यक्ष रामअधिन यादव, विष्णुपुर गाउँपालिका १ का शिवदयाल कामति, रामदयाल कामति तथा सिरहा नगरपालिका ७ का शिवकुमार राय र नगिना राय कुर्मी फरार छन् ।

उनीहरुको खोजी कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ । नरहा गाउँपालिका–३ का राजदेव यादव, सिरहा नगरपालिका १२ का गौतम कुमार कार्की र गोलबजार नगरपालिका ७ का मोतिलाल श्रेष्ठले ठगी, लिखतसम्बन्धी कसुर तथा संगठित अपराधमा छुट्टाछुट्टै प्रहरी समक्ष जाहेरी दिएका थिए ।

प्रकाशित : साउन २७,२०८१                ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

एमालेकाे चार मन्त्रीले दिए राजीनामा, सरकार बाट समर्थन फिर्ता : JCNEPAL MEDIA

टिकटकको सस्तो साडीको लोभमा फस्दा जनकपुरका व्यक्तिको खाताबाट २ लाख गायब, दुई युवकविरुद्ध ठगी मुद्दा : JCNEPAL MEDIA

हँसपुरको नौवाखोर प्रसाहीमा भोली नैना हस्पिटलको पाठेघर सम्बन्धि निःशुल्क स्वास्थ्य शिविर हुँदै : JCNEPAL MEDIA

धनुषा २ मा नेपाली काँग्रेसको अधिवेशनमा विवाद , अधिवेशन*नै* नगरी केन्द्रीय महाधिवेशन प्रतिनीधि, प्रसैला र गोहिबार भए फिर्ता : JCNEPAL MEDIA

आज देशका विभिन्न प्रदेशमा हल्कादेखि मध्यमसम्म वर्षा हुने : JCNEPAL MEDIA

रुससँगको सुरक्षा चिन्ता र बढ्दो महँगीबीच लात्भियामा संसदीय निर्वाचन : JCNEPAL MEDIA