भूमि आयोगका अध्यक्षसहित पाँच जना फरार : सिरहा JCNEPAL MEDIA

साउन २७,२०८१ / जेसी नेपाल संवाददाता

भूमि समस्या समाधान आयोगका अध्यक्षसहित पाँच जना फरार रहेका छन् भने दुई जना कर्मचारीलाई ठगी तथा लिखत कीर्ते मुद्दामा कारागार चलान गरिएको छ ।

सिरहा जिल्ला अदालतले मालपोत तथा भूमिसुधार कार्यालय सिरहाका कार्यालय सहयोगी राजकुमार राय र आयोगका कम्प्युटर अपरेटर सन्तोषकुमार यादवलाई पूर्पक्षका लागि कारागार चलान गरेको छ ।

त्यस्तै यही मुद्दामा भूमि आयोग सिरहाका अध्यक्ष रामअधिन यादव, विष्णुपुर गाउँपालिका १ का शिवदयाल कामति, रामदयाल कामति तथा सिरहा नगरपालिका ७ का शिवकुमार राय र नगिना राय कुर्मी फरार छन् ।

उनीहरुको खोजी कार्य भइरहेको सिरहा प्रहरीले जनाएको छ । नरहा गाउँपालिका–३ का राजदेव यादव, सिरहा नगरपालिका १२ का गौतम कुमार कार्की र गोलबजार नगरपालिका ७ का मोतिलाल श्रेष्ठले ठगी, लिखतसम्बन्धी कसुर तथा संगठित अपराधमा छुट्टाछुट्टै प्रहरी समक्ष जाहेरी दिएका थिए ।

प्रकाशित : साउन २७,२०८१                ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

१३ बर्षिय बालिका अंशु गौतमलाई करणी गरि मार्ने उनकै छिमेकी हजुरबुबा : JCNEPAL MEDIA

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन : प्रवक्ता प्रकाश न्यौपाने JCNEPAL MEDIA

मधेशमा नयाँ सरकार गठनका लागि आज दाबी पेश गरिँदै, काँग्रेसका कृष्ण प्र.यादव मुख्यमंत्री हुने सम्भावना : JCNEPAL MEDIA

७ दल बीच सहमति जुटेकाे भनेता पनि मुख्यमन्त्रीमा साेनल र कृष्णप्रसाद यादवकाे दावी कायमै : JCNEPAL MEDIA

कोहलपुर इप्रकामा पत्रकारमाथि दुर्व्यवहार, अनियमितता खुलेआम, दादागिरी मौलाउदै : JCNEPAL MEDIA

भैरहवामा करोडौं ठगी गर्ने गिरोहका ९ जना पक्राउ : JCNEPAL MEDIA