कांग्रेस सभापति देउवा र भारतीय विदेशसचिव मिस्रीबीच भेटवार्ता : काठमाडौं JCNEPAL MEDIA

भदौ ०१,२०८१ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीबीच भेटवार्ता भएको छ। देउवा निवास बुढानिलकण्ठ आइतबार उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच दुई देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको बताइएको छ। बैठकमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव पनि सहभागी थिए। परराष्ट्रसचिव अमृतबहादुर राईको निमन्त्रणामा मिस्री दुई दिने भ्रमणका लागि काठमाडौं आएका हुन्। उनले आजमात्रै प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका थिए।

भेटका क्रममा उनले प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको औपचारिक निम्तो दिएको परराष्ट्र स्रोतले जानकारी दिएको छ। प्रधानमन्त्री ओली भदौ ३१ गते भारत भ्रमणमा जाने गरी तयारी भइरहेको बताइएको छ। भारत भ्रमणका क्रममा दुई देशबीच हुने छलफलका लागि एजेन्डा तय गर्न मिस्री नेपाल आएका हुन्।

प्रकाशित : भदौ ०१,२०८१               ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

धनुषामा मोटरसाइकल चेकजाँच गर्ने क्रममा १३ लाख ६५ हजार नगद बरामद, एक जना पक्राउ : JCNEPAL MEDIA

एसएसबी (SSB) को ४८औँ बटालियन र बिहार प्रहरीको संयुक्त कारबाही , कुख्यात महिला तस्कर चाची पक्राउ : JCNEPALMEDIA

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

धनुषाका ४ वडाध्यक्षसहित देशका १० जनप्रतिनीधिको पद रिक्त : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA