रौतहटमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु : JCNEPAL MEDIA

भदौ ०४,२०८१ / जेसी नेपाल संवाददाता

रौतहटको सदरमुकाम गौरमा दिनदहाडै छुरा प्रहार हुँदा एकजना युवकको मृत्यु भएको छ।

गौर नगरपालिका–८ स्थित गौरीशंकर क्याम्पस नजिक अन्दाजी १८ वर्षीय युवकलाई बुधवार दिउँसो छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार हत्या गर्ने व्यक्तिको पहिचान गौर नगरपालिका–३ का नन्दु महतोका २० वर्षीय छोरा सनोज राम रहेका छन्।

मृतक र आरोपित युवक एकै ठाउँमा काम गर्ने साथी रहेको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्।

उनका अनुसार मृतकको घर फतुवा बिजयपुर नगरपालिकामा भएको बुझिए पनि समाचार तयार पार्दासम्म उनको पूर्ण परिचय खुल्न सकेको छैन। घटनापछि स्थानीय बासिन्दामा त्रास र आक्रोश छाएको छ।

प्रकाशित : भदौ ०४,२०८१            ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA