रौतहटमा दिनदहाडै छुरा प्रहार, १८ वर्षीय युवकको मृत्यु : JCNEPAL MEDIA

भदौ ०४,२०८१ / जेसी नेपाल संवाददाता

रौतहटको सदरमुकाम गौरमा दिनदहाडै छुरा प्रहार हुँदा एकजना युवकको मृत्यु भएको छ।

गौर नगरपालिका–८ स्थित गौरीशंकर क्याम्पस नजिक अन्दाजी १८ वर्षीय युवकलाई बुधवार दिउँसो छुरा प्रहार गरी हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। प्रहरीका अनुसार हत्या गर्ने व्यक्तिको पहिचान गौर नगरपालिका–३ का नन्दु महतोका २० वर्षीय छोरा सनोज राम रहेका छन्।

मृतक र आरोपित युवक एकै ठाउँमा काम गर्ने साथी रहेको बुझिएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएस्पी राजु कार्कीले घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको जानकारी दिएका छन्।

उनका अनुसार मृतकको घर फतुवा बिजयपुर नगरपालिकामा भएको बुझिए पनि समाचार तयार पार्दासम्म उनको पूर्ण परिचय खुल्न सकेको छैन। घटनापछि स्थानीय बासिन्दामा त्रास र आक्रोश छाएको छ।

प्रकाशित : भदौ ०४,२०८१            ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

१६ वर्षीया बालिकालाई १९ दिन बन्धक बनाएर बलात्कार गरिएको प्रकरणमा, मुख्य आरोपी कारागार चलान : JCNEPALMEDIA

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA