मंत्री यादव र वीरगञ्ज प्रमुख सिंहलाई ज्यान मार्ने धम्की दिने युवती प्रहरी नियन्त्रणमा : JCNEPAL MEDIA

भाद्र १४,२०८२ / जेसी नेपाल संवाददाता

वीरगञ्ज : सङ्घीय खानेपानी मन्त्री प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहलाई मोबाइलमा फोन गर्दै ज्यान मार्ने धम्की दिँदै अपशब्द बोलेको आरोपमा पर्सा प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएको छ ।

शनिवार बाराको कलैया उपमहानगरपालिका - २६ सिसुवा महेशपुर घर भई हाल वीरगञ्ज महानगरपालिका – १३ मुर्ली बस्दै आएकी तुलसी साहकी छोरीकी छोरी किरण साहलाई जिल्ला प्रहरी कार्यालय पर्सामा सोधपुछका लागि नियन्त्रणमा लिएको हो । पर्सा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्सालका अनुसार मन्त्री यादव र प्रमुख सिंहले युवतीले आफूहरूलाई ज्यान मार्ने धम्की दिएको भन्दै गरेको गुनासोको आधारमा साहलाई नियन्त्रणमा लिइएको हो ।

उनीसँग अहिले सोधपुछ चलिरहेको उनले जानकारी दिए । वीरगञ्जमा फैलिएको हैजा सङ्क्रमणका कारण किरण साहका परिवारका सदस्यहरू अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए । सोही विषयमा असन्तुष्टि व्यक्त गर्ने क्रममा फोन वार्तामा धम्कीजनक अभिव्यक्ति आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

यसैबिच, मन्त्री यादवसँग किरण साहबिच भएको अभद्र संवादको अडियो क्लिप सामाजिक सञ्जाल फेसबुकमा शुक्रवारदेखि भाइरल बनेको छ ।

प्रकाशित : भदौ १४,२०८२              ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA