जनकपुरमा प्रहरी र स्थानीय बीच झडप, गोली लागेर एकजना घाइते : JCNEPAL MEDIA

भाद्र १५,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुर : जनकपुरमा हिन्दु समुदाय र प्रहरीबीच भएको झडपमा गोली लागेर एकजना घाइते भएका छन् । धनुषाका प्रहरी प्रवक्ता डीएसपी वरुणबहादुर सिंहका अनुसार प्रहरीले स्थिति नियन्त्रणमा लिन चलाएको गोली लागेर एकजना घाइते भएको छ ।

घाइते हुनेमा देवपुरारुपैठाका २९ वर्षीय लक्ष्मण मुखिया रहेका छन् । उनको दुवै घुँडामा गोली लागेको छ । घुँडामा गोली लागेका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । साथै, झडपमा ७ जना प्रहरी र सर्वसाधारण समेत घाइते भएका छन् ।

घाइते सातजना प्रहरीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । जनकपुर उपमहानगरपालिका- २० देवपुरा रुपैठामा शनिवार झण्डाचोकमा रहेको टावरलाईट जडान भएको पोलमा लगाएको हरियो झण्डा हटाउने क्रममा दुई समुदायबीच झडप भएको थियो ।

डीएसपी सिंहका अनुसार आज दुवै पक्षका भलादमी प्रहरी प्रशासनबीच सो चोकमा रहेको दुवै समुदायको झण्डा हटाउने सहमति भएको थियो । सो क्रममा प्रहरीले गोली र अश्रुत ग्यास समेत प्रहार गरेका छन् ।

प्रकाशित : भदौ १५,२०८२                ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

दलित तथा हलिया समुदायको सशक्तिकरणमा सरकार उदासीन : JCNEPAL MEDIA

एमालेका नेता-कार्यकर्ताले सल्लाघारी भरियाे : JCNEPAL MEDIA

प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार द्वारा मन्त्रिपरिषद् विस्तार : JCNEPAL MEDIA

बलात्कार आरोपमा पक्राउ परेका हिरा साहलाई अदालतले चारदिनकाे म्याद थपगरे : JCNEPAL MEDIA

पर्साका एसपी भट्टका घुमुवा रामराज हेडक्वार्टर तानिए, भट्टलाई पनि स्पष्टीकरण : JCNEPAL MEDIA

बहुविवाहको आरोपमा डिएसपी मधु नेपाल पक्राउ : JCNEPAL MEDIA