जेनी- जी’को प्रर्दशनमा मार्चपास , गीत– कविता सुनाउन पाइने, कसैले भाषण नगर्ने : काठमाडौं JCNEPAL MEDIA

भाद्र २३,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : ‘जेनी– जी’ले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र बेतिथिविरुद्ध सोमबार बिहान ९ बजेदेखि प्रदर्शन गर्ने भएका छन्।

उनीहरुले ९ देखि ११ बजेसम्म मार्चपास गर्ने गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । सरकारको कदमले युवामाझ आपसी सम्पर्क, सिर्जनशीलता र समूहगत गतिविधिमा कमी आउने, आर्थिक दृष्टिले हेर्दा अनलाइन व्यापार, ई-कमर्स, डिजिटल मार्केटिङ र विज्ञापन उद्योग ठप्प हुने खतरा रहेको भन्दै जेन्जीले आन्दोलनको घोषणा गरेका हुन् ।

आन्दोलनमा कसैले पनि भाषण नगर्ने बताइएको छ । आन्दोलन केन्द्रित गीत, कविताहरु बाचन गर्न पाइनेछ । तर, स्रष्टाहरु २८ वर्षभन्दा कम उमेरको हुनुपर्नेछ । उनीहरुले बिनासर्त सामाजिक संजाल पुनः सक्रिय बनाइनुपर्ने, पुराना नेताहरुले प्रधानमन्त्री बन्दिनँ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निष्पक्ष रुपमा आयुक्त नियुक्ति गर्नुपर्ने लगायतका मागअघि अघि सारेका छन् ।

आन्दोलनलाई विभिन्न दलका नेता तथा सेलिब्रिटीहरुले ऐक्यवद्धता जनाइरहेका छन् । जेनजीको आन्दोलनलाई कन्टेन्ट क्रियटर्सहरुले साथ दिएका छन् । टिकटक लगायतका प्लेटफर्म धेरै फ्लोवर्स भएका प्रयोगकर्ताले राजनीतिकरण हुन नदिन पनि अपिल गरिरहेका छन् ।

प्रकाशित : भदौ २३,२०८२                   ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

इन्जिनियर शैलेन्द्र कुमार चौधरीसँग २ करोड बढी अवैध सम्पत्ति, पत्नीसहितविरुद्ध मुद्दा : JCNEPALMEDIA

धनुषा महेन्द्रनगर ईप्रकाकाे ठूलो खुलासा, आयुष चार्जिङ स्टेसनको सञ्चालक नागेन्द्र मण्डलले गरेकाे जबर्जस्ती करणी मुद्दा मिलाउने प्रयासकाे आरोप : JCNEPALMEDIA

जब बिर्तामोडको आकाशमा एकाएक ‘चन्द्रयान’ र ‘रकेट’ उडे : JCNEPALMEDIA

कश्मीर (POK) को रावलकोटमा गोली चल्दा १४ जनाको मृत्यु भएको दाबी : JCNEPALMEDIA

कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपाका मंगल शाही नियुक्त : JCNEPALMEDIA

म्यादी प्रहरीको पोसाक खरिद प्रकरण, आईजीपीसहित उच्च प्रहरी अधिकारीमाथि अख्तियारको अनुसन्धान : JCNEPALMEDIA