भारतीय प्रधान न्यायाधीशले इजलासमै गरे नेपालको अवस्थाबारे चर्चा : JCNEPAL MEDIA

भाद्र २५,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडाैं : भारतका प्रधान न्यायाधीश बीआर गवईले बुधबार इजलासमै नेपालबारे चर्चा गरेका छन् । बुधबार भारतीय सर्वोच्च अदालतको संवैधानिक इजलासमा उनले नेपालमा हालै भएको राजनीतिक घटनाक्रमलाई उदाहरणका रूपमा प्रस्तुत गरेका हुन् ।

भारतका राष्ट्रपति र राज्यपालको अधिकार क्षेत्रसँग सम्बन्धित एक मुद्दाबारे सुनुवाइ गर्दै भारतीय प्रधान न्यायाधीश गवईले भने, ‘हामीलाई हाम्रो संविधानमाथि गर्व छ । हाम्रो छिमेकी मुलुकलाई हेर्नुस्, नेपालको हालत सबैका सामु छ ।’ भारतको संविधानमा राज्यपाल र राष्ट्रपतिका लागि विधेयकमाथि निर्णय लिन कुनै समयसीमा छैन ।

यस्तो अवस्थामा अदालतले उनीहरूलाई समयसीमामा बाँध्न सक्छ कि सक्दैन भन्नेबारे संवैधानिक इजलासमा बहस भइरहेको हो । सोही मुद्दाको सुनुवाइका क्रममा भारतीय प्रधान न्यायाधीश गवईले भारतको संविधानको प्रशंसा गरेका हुन् । उनी केही दिनअघि नेपाल भ्रमणमा समेत आएका थिए । सो क्रममा उनले नेपालका समकक्षी प्रकाशमान सिंह राउतसँग समेत भेटवार्ता गरेका थिए ।

प्रकाशित : भदौ २५,२०८२               ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA