धनुषा प्रहरीमा ठुलो चलखेल ,सरुवाले संगठनमै असर : JCNEPAL MEDIA

भाद्र ३१,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : जिल्ला प्रहरी कार्यालय धनुषामा पछिल्लो समय प्रहरी भित्रै ठुलो चलखेल भइरहेको छ । प्रदेशबाट सरूवा र काजफिर्ता भएको प्रहरीलाई पुनःह जिल्ला प्रहरी कार्यालय, धनुषाले प्रदेश प्रहरी कार्यालय,जनकपुरलाई वेवास्ता गरी काजमा खटाउने स्राेतकाे दावी रहेको छ ।

साथै , जिल्ला प्रहरी कार्यालय , धनुषाको मुद्दा फाटमा पनि धेरै अनियमितता रहेको बुझिएको छ । मुद्दामा एउटा गिराेहनै कब्जा गरि सहि पिडितलाई न्याय नपाएकाे, पिडितलाई प्रष्ट नभनि दिनहुँ कुदाई राख्ने बुझिएको छ । पिडत सँग वाेल्ने व्यवहार पनि राम्राे देखाउदै न भनेर जनगुनासाे रहेको छ ।

हाल जिल्ला प्रहरी कार्यालय ,धनुषाले गरेकाे सरुवाले संगठनभित्र नै उथलपुथलको संकेत दिएको छ। एसपी नरहरि रेग्मीलाई संगठन भित्रकै केही प्रहरी निरिक्षक देखि उच्च पदस्थ प्रहरीले चलखेल गराई विभिन्न प्रहरी चौकीका ३/४ जना प्रहरी सईहरूलाई कार्यअवधि नपुग्दै सरुवा गराएको बुझिएको छ ।

कोहीलाई गत जेठमा, कोहीलाई साउनमा इन्चार्जमा पठाइए पनि उनीहरूलाई छोटो अवधिमै जिल्ला प्रहरी कार्यालयमा फिर्ता वाेलाएकाे छ। स्थानीय स्तरमा प्रहरी सेवामा निरन्तरता नहुँदा चौकी संचालनमा असर पर्ने र संगठनभित्र असन्तुष्टि बढ्ने संकेत देखिएको प्रहरी स्रोतको दाबी छ।

यता, सरुवामा एसपी रेग्मीले आफ्ना नजिकका व्यक्तिलाई प्राथमिकता दिएको आरोपसमेत लाग्दै आएको छ।

धनुषा प्रहरी मातहतका चौकी इन्चार्जहरूको कार्यअवधि नपुग्दै भइरहेको यसरीको सरुवाले संगठनको चैन अफ कमाण्डमा र मनोबलमै प्रश्न उठाएको देखिन्छ।

प्रकाशित : भदौ ३१,२०८२               ००:०० 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA