सिंहदरबार एमालेका निवर्तमान सांसदहरूले गरे अवलोकन : JCNEPAL MEDIA

भदौ ३१,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : नेकपा एमालेका निवर्तमान सांसदहरूले सिंहदरबारमा भदौ २४ गते भएको आगलागीले जलेका संरचनाहरूको अवलोकन गरेका छन्। आगलागीले एमाले र नेपाली कांग्रेसको संसदीय दलको कार्यालयसहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय लगायतका संरचना ध्वस्त भएका छन्।

प्रधानमन्त्री तथा गृह मन्त्रालयका कार्यालयहरू साविकको ठाउँमा बस्न नसक्ने भएपछि नजिकैको अर्को भवनमा सारिएका छन्।

दिउँसो सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालय, नेपाली कांग्रेसको संसदीय दलको कार्यालयसहितका संरचनाहरूको अवलोकन गरेका हुन् । दुवै दलको संसदीय दलको कार्यालय आगलागीले ध्वस्त भएको छ । यही भदौ २४ गते भएको आगलागीका क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, उर्जा मन्त्रालय, शिक्षा मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका संरचना समेत जलेका छन् ।

एमालेका निवर्तमान सांसदहरू यी संरचनाको अवलोकन गर्न समेत पुगे । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय साविकको ठाउँमा बस्न नसक्ने भएपछि नजिकै रहेको अर्को भवनमा सरिसकेको छ । गृह मन्त्रालय पनि साविकको ठाउँमा बस्न नसक्ने भएपछि अर्को भवनमा सरिसकेको छ । ती कार्यालयहरूमा भएको आगजनी एमालेका निवर्तमान सांसदहरूले आवलोकन गरेका हुन् ।

प्रकाशित : भदौ ३१,२०८२                  ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA