राजस्व तिर्ने म्याद सरकारले १ महिना बढाए : JCNEPAL MEDIA

भदौ ३१,२०८२ / जेसी नेपाल संवाददाता

काठमाडौं : भदौसम्म तिर्नुपर्ने कर विवरण र राजस्व तिर्ने म्याद सरकारले १ महिना थप गरेको छ ।

अर्थमन्त्री रामेश्वर खनालले २०८२ साउनको मासिक मूल्य अभिवृद्धि कर, अग्रिम करकट्टी, शिक्षा सेवा र विलासिता शुल्कको विवरण तथा कर रकम २५ असोजसम्म तिर्न सकिने गरी निर्णय गरेका हुन् ।

२३ र २४ भदौको देशव्यापी कर्फ्यू र निषेधाज्ञाका कारण कार्यालय बन्द भएको र करदाताले पेस गर्नुपर्ने विवरण र रकम तिर्न नसकेको भन्दै अर्थले यस्तो निर्णय गरेको हो । थप गरिएको अवधिभित्र विवरण र कर बुझाएमा जरिवाना, थप शुल्क र दस्तुर छुट हुने समेत मन्त्रालयले जनाएको छ ।

प्रकाशित : भदौ ३१,२०८२                ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिरहामा विरामी बोक्ने एम्बुलेन्समा १०५ किलो गाँजा बरामद, एम्बुलेन्स चालक फरार : JCNEPALMEDIA

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA