जनकपुरमा एक किशोरीमाथि बलात्कार, युवक साथीहरुबाट समेत बलात्कार गराएको आरोपमा पक्राउ : JCNEPAL MEDIA

अशाेज २४,२०८२/ जेसी नेपाल मिडिया

जनकपुरधाम : जनकपुरमा एक किशोरीमाथि बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम वडा नम्बर ७ जिरोमाइलका २१ वर्षीय दीपक राउतलाई प्रहरीले किशोरीलाई बोलाएर बलात्कार तथा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजीव यादवका अनुसार उनलाई गत मंगलबार पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

पीडित किशोरीलाई अहिले सेफ हाउसमा राखिएको बताइएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दिपकले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफू तथा अरुसँग बला´त्कार गराएको आरोप छ।

दीपकले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीहरुको अश्लिल भिडियो राखेको र लागूऔषधको तस्वीरहरु राखेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

प्रकाशित : अशाेज २४,२०८२        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA