जनकपुरमा एक किशोरीमाथि बलात्कार, युवक साथीहरुबाट समेत बलात्कार गराएको आरोपमा पक्राउ : JCNEPAL MEDIA

अशाेज २४,२०८२/ जेसी नेपाल मिडिया

जनकपुरधाम : जनकपुरमा एक किशोरीमाथि बलात्कार आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जनकपुरधाम वडा नम्बर ७ जिरोमाइलका २१ वर्षीय दीपक राउतलाई प्रहरीले किशोरीलाई बोलाएर बलात्कार तथा ब्ल्याकमेल गरेको आरोपमा पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधिकारी प्रहरी निरीक्षक संजीव यादवका अनुसार उनलाई गत मंगलबार पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।

पीडित किशोरीलाई अहिले सेफ हाउसमा राखिएको बताइएको छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार दिपकले झापाको दमककी एक १७ वर्षीया किशोरीलाई फकाइ जनकपुर बोलाएर एक होटेलमा राखेर आफू तथा अरुसँग बला´त्कार गराएको आरोप छ।

दीपकले मोबाइलमा अन्य युवतीसँग पनि कुराकानी गरेको, युवतीहरुको अश्लिल भिडियो राखेको र लागूऔषधको तस्वीरहरु राखेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए ।

प्रकाशित : अशाेज २४,२०८२        ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA