दलित समुदायबाट विक पहिलोपटक प्रहरीको विशिष्ट श्रेणीमा : JCNEPAL MEDIA

अशाेज २५,२०८२/ जेसी नेपाल संवाददाता

नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायबाट विशिष्ट श्रेणीमा पुगेर डम्बरबहादुर विकले इतिहास बनाएका छन् ।

उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको विकसहित चारजनालाई शुक्रबार दज्र्यानी चिह्न लगाएर नयाँ जिम्मेवारीमा खटाइएको छ ।

०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई ०५८ मा नेपाल प्रहरीमा स्थानान्तरण भएका डम्बर विक डिआइजीमा दोस्रो तथा एआइजीमा पुग्ने दलित समुदायका पहिलो व्यक्ति हुन् । यसअघि ०२२ सालमा इन्स्पेक्टरमा भर्ना भएका पदमकुमार नेपालीले डिआइजीबाट अवकाश पाएका थिए ।

प्रकाशित : अशाेज २५,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA