दलित समुदायबाट विक पहिलोपटक प्रहरीको विशिष्ट श्रेणीमा : JCNEPAL MEDIA

अशाेज २५,२०८२/ जेसी नेपाल संवाददाता

नेपाल प्रहरीमा पहिलोपटक दलित समुदायबाट विशिष्ट श्रेणीमा पुगेर डम्बरबहादुर विकले इतिहास बनाएका छन् ।

उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका हुन् । बिहीबारको मन्त्रिपरिषद् बैठकले एआइजीमा बढुवा गरेको विकसहित चारजनालाई शुक्रबार दज्र्यानी चिह्न लगाएर नयाँ जिम्मेवारीमा खटाइएको छ ।

०५३ मा राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भई ०५८ मा नेपाल प्रहरीमा स्थानान्तरण भएका डम्बर विक डिआइजीमा दोस्रो तथा एआइजीमा पुग्ने दलित समुदायका पहिलो व्यक्ति हुन् । यसअघि ०२२ सालमा इन्स्पेक्टरमा भर्ना भएका पदमकुमार नेपालीले डिआइजीबाट अवकाश पाएका थिए ।

प्रकाशित : अशाेज २५,२०८२              ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA