धनुषामा घर भित्रै पसेर चाेरी गर्ने महिलाको गिराेह पक्राउ : JCNEPAL MEDIA

कार्तिक १९,२०८२ / जेसी नेपाल संवाददाता

धनुषामा घर भित्रै पसेर चाेरी गर्ने महिलाको गिराेह पक्राउ परेका छन । पक्राउ पर्नेमा जनकपुर -१४ बस्ने वर्ष ४० कि हिरा मुखिया , साेहि स्थानकी ४५ वर्षिया राधादेवी मुखिया र जनकपुर उपमहानगरपालिका -१४ मा डेरालिई वसेकी जस्मित खातुन रहेकी छन । गत कार्तिक २ गते रातकाे समयमा जनकपुर धाम उपमहानगरपालिका -८ स्थित नमुना वस्तिमा रहेको पुरन सिंह थारूकाे घरमा नगद तथा गरगहना सहित विभिन्न समानहरू चाेरी भएकाे थियाे ।

प्रहरीले खबर प्रापत गर्न साथ प्रहरीकाे विशेष टाेलिले अनुसन्धान गर्न साथ उनिहरूलाई पक्राउ गर्न सफल भएका धनुषा प्रहरीले जानकारी गराएका छन । पक्राउ परेका तिनैजना सँग समान बरामद भएका छन । उनिहरूले केही गरगहना महाेत्तरीकाे जलेश्वर नगरपालिका २ स्थित माँ अम्बे ज्वेलर्सलाई बेचेका थिए । प्रहरीले ज्वेलर्सका संचालक सरज साह सुनार र अनरजित साहलाई खरिद गरिएको चाेरीका गरगहना सहित पक्राउ परेकाे छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत धनुषा बाट म्याद थपगरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १९,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA