धनुषामा घर भित्रै पसेर चाेरी गर्ने महिलाको गिराेह पक्राउ : JCNEPAL MEDIA

कार्तिक १९,२०८२ / जेसी नेपाल संवाददाता

धनुषामा घर भित्रै पसेर चाेरी गर्ने महिलाको गिराेह पक्राउ परेका छन । पक्राउ पर्नेमा जनकपुर -१४ बस्ने वर्ष ४० कि हिरा मुखिया , साेहि स्थानकी ४५ वर्षिया राधादेवी मुखिया र जनकपुर उपमहानगरपालिका -१४ मा डेरालिई वसेकी जस्मित खातुन रहेकी छन । गत कार्तिक २ गते रातकाे समयमा जनकपुर धाम उपमहानगरपालिका -८ स्थित नमुना वस्तिमा रहेको पुरन सिंह थारूकाे घरमा नगद तथा गरगहना सहित विभिन्न समानहरू चाेरी भएकाे थियाे ।

प्रहरीले खबर प्रापत गर्न साथ प्रहरीकाे विशेष टाेलिले अनुसन्धान गर्न साथ उनिहरूलाई पक्राउ गर्न सफल भएका धनुषा प्रहरीले जानकारी गराएका छन । पक्राउ परेका तिनैजना सँग समान बरामद भएका छन । उनिहरूले केही गरगहना महाेत्तरीकाे जलेश्वर नगरपालिका २ स्थित माँ अम्बे ज्वेलर्सलाई बेचेका थिए । प्रहरीले ज्वेलर्सका संचालक सरज साह सुनार र अनरजित साहलाई खरिद गरिएको चाेरीका गरगहना सहित पक्राउ परेकाे छ ।

पक्राउ परेका सबैलाई जिल्ला अदालत धनुषा बाट म्याद थपगरी अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।

प्रकाशित : कार्तिक १९,२०८२         ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

५२ शाखा अधिकृतको सरुवा, ३६ जनाले पाए प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी : JCNEPALMEDIA

बर्दिवासस्थित नापी कार्यालयका सर्वेक्षक शिवकुमार १ लाख रुपैयाँ घुस लिँइदै गर्दा पक्राउ : JCNEPALMEDIA

ढल्केवरमा तिजकै दिन महिला आफ्नै घरमा मृत फेला, प्रहरी नियन्त्रणमा श्रीमान् : JCNEPALMEDIA

दुई छोरीकी आमाले गरेकी थिइन् धनुषाका सिद्धान्तको ‘अपहरण´,११ दिनपछि सकुशल उद्धार : JCNEPALMEDIA

कोशी, बागमती र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना : JCNEPALMEDIA

भन्सार छलेर ल्याइएका ११ लाखका लत्ताकपडा बरामद : JCNEPALMEDIA