सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर : JCNEPAL MEDIA

कार्तिक २८,२०८२ / जेसी नेपाल संवाददाता

मधेस प्रदेशमा सभामुख रामचन्द्र मण्डल र दलहरूबीचको विवाद उत्कर्षमा पुगेको छ। सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित भएको भन्दै पाँच सांसद पदमुक्त गर्ने निर्णय गरेका थिए। सभामुखले उर्मिला देवी सिंह, मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार, सारदा शंकरप्रसाद कलवार कारबाहीमा परेका थिए।

कारबाहीमा परेका सांसद सिंह नागरिक उन्मुक्ति पार्टीकी हुन्। सुमन, यादव र कलवारद्वय जसपाकै सांसद हुन्। समाभुख मण्डल नेकपा (एमाले)का हुन्। सभामुखविरूद्ध सात दलका ७४ जना सांसदले पदअनुकूल आचरण नगरेको भन्ने प्रस्ताव दर्ता गरेका थिए। त्यसपछि उनले प्रतिशोध स्वरूप सांसद कारबाही गर्ने कदम उठाएको भन्दै उपसभामुख बबिताकुमारी राउव ईशरले उक्त निर्णय बदर गरेको बताएकी छन्।

यस मधेस प्रदेश सभा सचिवालयको कात्तिक २७ गतेको पाँच जना माननीय प्रदेश सभा सदस्यहरूको पदरिक्तसम्बन्धी सूचना सभामुखले आफूमाथि कात्तिक २७ गते प्रदेश सभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८० को उपनियम २ (क) बमोजिम सभामुखको विरूद्ध पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव उपसभामुख समक्ष पेश गरिनुपर्ने व्यवस्था भएबमोजिम प्रस्ताव पेश भइसकेको र सोको उपनियमत (३) बमोजिम छलफलको लागि मिति समय तय हुन बाँकी रहेको अवस्थामा प्रस्तावको प्रतिशोध स्वरूप आवेगमा गरेको निर्णय हो,उनले भनेकी छन्।

कारबाहीमा परेका सांसदहरू पछिल्लो पटक विश्वासको मत लिने बैठकमा उपस्थित भएको देखिएको हुँदा कारबाहीको सूचना बदर गरिएको उनले बताएकी छन्।

प्रकाशित : कार्तिक २८,२०८२          ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु : JCNEPALMEDIA

हाल्यान्डको निर्णायक गोल, आइभरी कोस्टलाई हराउँदै नर्वे अन्तिम १६ मा JCNEPALMEDIA

जनकपुरमा अन्तरविद्यालय उपमेयर कप महिला कबड्डी प्रतियोगिता सुरु : गाेगल प्रसाद बसहिया JCNEPALMEDIA

विदेशी आवासिय अनुमति लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरी कारबाही सिफारिस : JCNEPALMEDIA

नायिका उषा रजक: गृहमन्त्रीका मान्छेले ‘ह्यारेस’ गरे, प्रहरीले उजुरी लिएन : JCNEPALMEDIA

आज दोहामा अमेरिका र इरानबिच वार्ता हने,ट्रम्पको दाबी : JCNEPALMEDIA