लोसपाको पूर्व सांसद शाह र जिल्ला अध्यक्ष झा धरौटीमा रिहा : मधेस प्रदेश JCNEPAL MEDIA

मंशिर ०२,२०८२ / जेसी नेपाल संवाददाता

जनकपुरधाम : मधेस प्रदेश प्रमुखको कार्यालयमा कार्यरत २४ वर्षीय नासु पंकज यादव र ५७ वर्षीय कार्यालय सहयोगी शिवलाल महरामाथि भएको हातपात प्रकरणमा दर्ता भएको मुद्दामा लोसपा मधेसका पूर्व प्रदेश सांसद परमेश्वर शाह र धनुषा जिल्ला अध्यक्ष जितेन्द्र झा धरौटीमा रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय ,धनुषाले दुवै जनालाई रु १–१ हजार धरौटीमा छोडेर घर पठाएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी गणेश बमले जानकारी दिए।

डिएसपी बमका अनुसार, मुद्दा अभद्र व्यवहारसम्बन्धी रहेकाले कानुनी प्रक्रिया भने यथावत् रहनेछ। प्रारम्भिक अनुसन्धानपछि आवश्यक कानुनी निर्णय लिएर उनीहरूलाई धरौटीमा रिहा गरिएको छ।

प्रकाशित : मंशिर ०२,२०८२           ००:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फेसबुकबाट तपाईको प्रतिक्रिया !


सम्बन्धित समाचार

पत्रकार नियन्त्रणमा लिएपछि मध्यराति प्रहरीको स्पष्टीकरण : सही मनसायले बोलाएका हौं : JCNEPALMEDIA

मधेस सरकारमा एमालेको समर्थन गुमाएपछि मुख्यमन्त्री यादवका लागि बहुमत जुटाउनु चुनौतीपूर्ण : JCNEPALMEDIA

निर्वाचनको एक साता अघि डेमोक्र्याटिक सांसद द्वारा डोनाल्ड ट्रम्पमाथि बलात्कारको आरोप : JCNEPALMEDIA

रथी बढुवाका लागि थापाको नाम सिफारिस, प्रधानसेनापति हुने रोलक्रममा अघि : JCNEPALMEDIA

अदालतको आदेश विपरीत बढुवा सिफारिस गर्ने प्रदेश लोक सेवा आयोग अध्यक्ष गुरागाईँले दिए पदबाट राजीनामा : JCNEPALMEDIA

मधेश प्रदेशमा १६८ (३) अनुसार जसपाको सरकार बन्न सक्ने, सरोज यादव मुख्यमन्त्री बन्दा एमाले र जनमतको समर्थन रहने : JCNEPALMEDIA